भारतको राजधानी दिल्ली र आसपास भूकम्पको धक्का ,  रेक्टर स्केलमा ६ .६ तिब्रता 


नयाँ दिल्ली ृ चैत्र ७ भारतको राष्ट्रिय राजधानी दिल्ली र आसपासका क्षेत्रमा मंगलबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।केहीबेर भू।कम्पको धक्का महसुस भएपछि धेरै मानिस आवासीय भवनमा खुला ठाउँमा आएका थिए । नोएडाको सेक्टर २२ का स्थानीय बासिन्दाले भने, ूहाम्रो भवनका धेरै बासिन्दाहरू साझा ग्राउन्ड क्षेत्रमा आएका थिए। मानिसहरू कुनै पनि अपडेटको लागि उनीहरूको फोनहरू निरन्तर जाँच गरिरहेका थिए,ू नोएडा सेक्टरका स्थानीय बासिन्दाले उनीहरु भनेका छन कि भूकम्पको तिब्रता धेरै नै रहेको थियो । त्यस्तै अफगानिस्तान र पाकिस्तान समेत उत्तर भारतमा समेत भूकम्पको धक्का महसुस गरिएको थियो । दिल्ली एनसिआर र उत्तर भारतमा भूकम्पको तिब्रता रेक्टर स्केलमा ६ .६ तिब्रता नापिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?