भारतमा कांग्रेस नेता राहुल गान्धी मानहानि मुद्दामा दोषी ठहर ,दुई बर्षको सजाय


सूरत( गुजरात) भारते, चैत्र ९ (एएनआई) कांग्रेस नेता राहुल गान्धीलाई उनको कथित मोदी उपनामु टिप्पणीको लागि मुद्दा दायर गरिएको आपराधिक मानहानि मुद्दामा सुरतको एक अदालतले दोषी ठहर गरेको छ। उनलाई दुई बर्षको सजायको घोषणा गरिएको छ साथै उनलाई सेसन अदालतमा जानको .लागि तीस दिनको समय दिइएको छ । आज नै राहुल गान्धीलाई भारतको गुजरात स्थित सुरत जिल्ला अदालतले उनको कथित मुद्दामा फैसला सुनाएको थियो, ूकसरी सबै चोरहरूको साझा उपनाम मोदी हो भन्दै बीजेपी विधायक र गुजरातका पूर्व मन्त्री पूर्णेश मोदीले दायर गरेको उजुरीमा टिप्पणीलाई लिएर परेको यो मुद्दामा आज फेसला भएको थियो । राहुल गान्धीले लोकसभा चुनाव अघि कर्नाटकको कोलारमा एक रैलीमा मोदीको उपनामको बारेमा यो बिबादित टिप्पणी गरेका थिए।गत हप्ता, मुख्य न्यायिक मजिस्ट्रेट एचएच वर्माको अदालतले दुवै पक्षको अन्तिम बहस सुनी सकेपछि चार वर्ष पुरानो मानहानि मुद्दामा आफ्नो फैसला सुनाउन आजको दिन तोकेको एएनआईले जनाएको छ । तर कोर्टले ३० दिनसम्म यो सजायको लागि भने रोक लगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?