चीन र पाकिस्तानको आतंकबादी उक्साउने कुटनीतिक भिडन्तको पीडामा परेको नेपाली ब्यापारीहरु


पोखरा । ( असन बजार पत्रिका ) त्यसो त नेपाली ब्यापारीहरुले भारतीय नोटहरु नेपालमा चलाउने माग गरेको अहिले होइन तर भारतले बिगतदेखि नै यो कुरामा चासो राखेर आएको छ । एक अन्तरक्रियामा आज पोखरामा ठूला दरका भारतीय नोटलाई वैधानिकता दिन पोखराका पर्यटन व्यवसायीले माग गरेका छन् । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा आइतबार आयोजित वैदेशिक मुद्राको प्रयोग र समस्या विषयक अन्तक्र्रियामा व्यवसायीले ठूला दरका भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको बताएका छन उनीहरुले भारतीय नोट बजारमा नचल्दा ब्यापारीहरु मात्रै होइन पर्यटक पनि मर्कामा परेको उनीहरुको दाबी छ । बजारमा सय रुपैयाँभन्दा बढीका भारतीय नोट प्रचलित विनिमय दरभन्दा घटीमा कारोबार भइरहेको, ठूला भारतीय नोट नचल्दा पर्यटक मर्कामा परेको गुनासो आएसँगै पोखरा उद्योग वाणिज्य सङ्घले यो कार्यक्रमको आयोजना गरेको थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष पवन प्रजापतिले भारतीय ठूला नोटको प्रचलनको व्यवस्था गरिनुपर्ने बताउनुभयो । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली तत्काल कार्यान्वयनमा आउनुपर्ने बताउँदै उहाँले व्यवसायीसँग भएका भारतीय ठूला नोटको व्यवस्थापन हुनुपर्ने माग गर्नुभयो । ठूला नोट नचल्दा नेपाल आउने भारतीय पर्यटकले दुःख पाएको उल्लेख गर्दै उहाँले पर्यटकले चाहे जति खर्च गर्ने व्यवस्था गरिनुपर्नेमा जोड दिनुभयो । “नेपालमा सय रुपैयाँभन्दा ठूला भारतीय नोट चल्दैनन्, यहाँ भारतीयको एटीम, भिसा र मास्टरकार्ड पनि मुस्किलले चल्छ”, उहाँले भन्नुभयो, “एउटा मान्छे पैसाको भारी बोकेर घुम्न निस्कँदैन ।अब डिजिटल भुक्तानी प्रणाली कार्यान्वयनमा नगइ सुख छैन ।” पोखरा उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष नारायण कोइरालाले घरघरमा थन्किएका भारतीय रुपैयाँ व्यवस्थापन गर्न राष्ट्र बैंकले नै पहल गर्नुपर्ने बताउनुभयो । वरिष्ठ उपाध्यक्ष गोकर्ण कार्कीले ठूला दरका भारतीय नोट सकेसम्म प्रयोगमा नल्याउन व्यवसायीसँग आग्रह गर्नुभयो । टान गण्डकीका उपाध्यक्ष कृष्ण आचार्यले नेपालका केही निषेधित क्षेत्रमा जान पर्यटकले डलरमा शुल्क बुझाउनुपर्ने तर सजिलै डलर नपाउँदा समस्या भएको बताउँदै डिजिटल भुक्तानीलाई छिटो व्यवस्थित गर्नुपर्ने माग राख्नुभयो ।

नेपाल राष्ट्र बैंक पोखराका निर्देशक आर्या जोशीले भारतकै चाहनाका कारण नेपालमा ठूला भारतीय नोट प्रचलनमा नआएको जिकिर गर्नुभयो । ठूला नोट प्रचलनमा ल्याउनको लागि भारतसँग कूटनीतिक पहल गरिनुपर्ने उहाँको भनाइ छ । अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली कार्यान्वयनमा आउँदा भारतीय नोटको समस्या कम हुने उहाँले बताउनुभयो । नेपाल बैंकर्स एसोसिएसन गण्डकीका अध्यक्ष सूर्य रोकाले भारतकै कारण ठूला दरका भारतीय नोटको प्रयोग हुन नसकेको बताउनुभयो । नेपाल हुँदै नक्कली नोटहरु भारत भित्रने आशङ्कासँगै भारतले त्यो नीति लिएको उहाँको भनाइ छ । भारतले धेरै अगाडि देखि नै पाकिस्तानको गुप्तचर संस्था आईएसआई र केही इस्लामिक आतंकबादीहरुले नक्क्mली भारतीय नोट नेपालको खुल्ला सीमानाको दुरुपयाग गरि भारत भित्रयाएर भारतीय अर्थतन्त्रमाथि धावा बोल्न थालेका आशंका गर्दे आएको थियो । भारतले बिगतमा पाकिस्तानी राजदूताबासका कुठनीतिक नियोगका अधिकारीहरुसंग रंगेहात नक्कली भारतीय नोट बरामद गरेको मात्र होइन उनीहरुलाई पर्सना नन ग्राटा गरेर पाकिस्तान फिर्ता गराउन नेपाल सरकारलाई निरन्तर दबाब दिनु परेको घटनाले पनि नेपालमा भारतीय नोटको प्रचलन रोकिएको हो भने नेपालबाट भारतीय बिमान अपहरण पछि नेपाली पर्यटन ब्यबसायीहरुले पर्यटन ब्यबसायमा धेरै क्षति बेहोरेको र उनीहरुले नेपालमा पाकिस्तानको बिरोधमा एक शब्द पनि नबोल्नुले भारत झस्किएको समेत केही बिज्ञले बनाएका छन । नेपालमा चीन र पाकिस्तानको भूमिकालाई भारत पछिल्लो दिनमा सतर्क रहने गरेको देखिएको छ । त्यस्तोमा नेपालबाट भारतीय जहाज अपहरण गरिएपछि कश्मीरको जेलबाट भारतले छाडनु परेका आतंकबादी मसुद अजहरलाई चीनले राष्टसंघमा आतंकबादी घोषणा गर्नृ रोकेको घटना र पछिल्लो दिनमा न्यूयोर्कबाट आएको पछिल्लो खबर अनुसार चीनले संयुक्त राष्ट्र संघमा भारत र संयुक्त राज्य अमेरिकाले २६् ११ को मुम्बई आतंकवादी हमलामा संलग्न भएको आरोपमा (लस्कर ) ए तैयबाका आतंकवादी साजिद मिरलाई एक वैश्विक आतंकवादी को रूप मा आतंकबादी घोषणा गर्ने प्रस्तावलाई अवरुद्ध गरेकोभा भारत आक्रोशित भएको छ यो घटनाले दुबै देशको कुन तहको सम्बन्ध छ भन्ने कुरा देखिएको छ जसको सिधा सम्बन्ध नक्कली भारतीय रुपैया सग रहेको छ भारतले नेपालमा पाकिस्तानले नक्कली भारतीय रुपैया उसको राज्य संयन्त्र र गुप्तचर निकाय मात्रै होइन कुटनीतिक नियोगको समेत दूरुपयोग गरेको भारतको दाबी छ छ। ल्लेखनीय छ, साजिद मिर, भारतको मोस्ट वान्टेड आतंकवादी मध्ये एक, भारतको मुम्बईमा भएको आतंकवादी हमलामा उनको संलग्नताको लागि वान्टेड गरिएका मानिस हुन । मीरले आक्रमणको मुख्य योजनाकारको रूपमा निर्देशन दिएबम थिए भने आक्रमणको समयमा पाकिस्तानमा रहेर मुम्बईमा घटना घटाउने उनै थिए । पाकिस्तानमा विदेशी आतंकवादी संगठन लश्कर ए तैयबा द्वारा प्रशिक्षित दस आक्रमणकारीहरूले मुम्बईका होटलहरू सहित धेरै लक्ष्यहरू विरुद्ध समन्वित आक्रमणहरूको एक श्रृंखलामा तहस नहस पारेका थिए तर उनीहरुलाई पाकिस्तानको इशारामा चीनले जोगाउन खोजेपछि नेपाल पनि चीनको छिमेकी भएको कारण आतंकबादको दुरपयोगको थलोको रुपमा आउन् अस्वाभाबिक होइन । ती आतंकबादी्रहरुले क्याफे र एक रेल स्टेशन,मा १७० मान्छे मारेका थिए धेरैलाई घाइते बनाएको थिए । तीन दिनको त्यो आतंकबादी आक्रमणमा अमेरिकी नागरिक समेत मारिएको अहिले पनि एफबीआई वेबसाइटमा समेत उल्लेख रहेको छ ।
यसअघि २०२२ मा, पनि भारतले मुम्बईमा संयुक्त राष्ट्रसंघको आतंकवाद विरोधी बैठकमा पाकिस्तानमा आधार भूमि भएको आतंकवादी साजिद मिरको अडियोटेप बजाएर २६ ११ को मुम्बई आतंकवादी हमलामा पाकिस्तानको भूमिकाको विस्तृत खुलासा गरेको थियो । त्यो घटनामा पाकिस्तानको गुप्तचर संस्था आइएसआईको खुल्ला हात रहेको भारतीय सुरक्षा एजेन्सीले दाबी गरेका मात्रै होइन प्रमाण समेत देखाएको थियो । त्यो अडियो क्लिपमा उनले मुम्बई २६र११ को आतंकवादी हमलाका बेला भएको आक्रमणमा निर्देशन दिएको सुनिएको छ।अडियो क्लिप बजाउँदै भारतले पाकिस्तानविरुद्ध निर्विवाद प्रमाण पेश गरेको थियो । यो क्लिप ताजमहल प्यालेसमा संयुक्त राष्ट्र सुरक्षा परिषद् काउन्टर टेररिज्म कमिटी बैठकमा गुप्तचर ब्यूरोका वरिष्ठ अधिकारी पंकज ठाकुरले सार्बजनिक गरेका थिए । , चीनले हालैका महिनाहरूमा पाकिस्तानमा रहेका धेरै आतंककारीहरूलाई जोगाएको छ । गत वर्ष अक्टोबरमा बेइजिङले लश्क ए९तैयबा प्रमुख हाफिज सइदका छोरा तलहा सइदलाई आतंकबादी घोषणा गर्ने प्रस्ताव रोकेको थियो।हालैका महिनाहरूमा चीनले भारत अमेरिका प्रस्तावलाई अवरुद्ध गरेको यो पाँचौं पटक थियो, रअक्टोबरमा लश्कर ए तैयबा सदस्य शाहिद महमूद, सेप्टेम्बरमा लश्कर ए तैयबा एलईटी आतंकवादी साजिद मिर, एलईटी र जमात उद दावा जुनमा नेता अब्दुल रहमान मक्की र अगस्टमा जैश ए मोहम्मद प्रमुख मसूद अजहरका भाइलाई बेइजिङले सुरक्षा दिएको थियो।चीनको यो पछिल्लो कदमलाई लिएर भारतमा चीन प्रतिको आक्रोश बढेको छ । यो अबस्थामा भारतसंग खुल्ला सिमान भएको नेपाल ,चीन र पाकिस्तानको भारत बिरुद्ध खेल खेल्ने मैदान बन्दैन भन्ने ग्यारेण्टी नेपाल सरकारले बाहेक अरुले गरेर केही हुने अबस्था छैन । पोखराका ब्यबसायीको माग जायज छन उनीहरुले भारतीय पर्यटकबाट धेरै पैसा खर्च गरुन भन्ने चाहन्छन भने पाकिस्तानको बिबादास्पद भूमिकाको निन्दा मात्रै गर्ने होइन जनस्तरमा समेत यो मामिला त्यो रुपमा अगाडि बढाउन सक्नु पर्छ किनकी नेपाल र भारत खुल्ला सीमाना भएको देश हुन यो अरुसंग समकक्षमा हुन सक्दैन भारतले आफनो देशमा नक्कली नोट नजाउनु भन्ने चाहेको छ भने त्यो सुरक्षाको ग्यारेण्टी नेपाल सरकारले दिनुपर्छ । चीन र पाकिस्तानको आतंकबादी उक्साउने र जोगाउने नीतिको पीडामा नेपाल र नेपाली ब्यापारीहरु परेको छन पोखराका ब्यबसायीको यो पीडा आजको दिनमा पाकिस्तान र चीनको नेपाली मैदान भारत बिरुद्ध उपयोग गर्ने नीतिको पहिलो प्रहारमा परेका छन उनीहरुलाई जोगाउने जिम्मा नेपाल सरकारको हो । जुनसुकै रुपमा नेपाल आउने भारतीय पर्यटकहरु ढुक्क भएर नेपाल आउन र खर्च गर्न सकुन यो जिम्मेबारी जनताको हैर राज्य र राजनीतिक दलहरुको हो सबैमा चेतना छ भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?