भगवान निर्णयमा अर्जुन पनि अनुतरित – जव दानबीरको कुरा चल्यो कर्णले युधिष्ठिरलाई जीते


 

चक्रपाणि शर्मा गौतम

द्वापरयुगताकाको कुरा हो, श्रीकृष्ण भगवानले बिभिन्न समयमा आफैबाट परीक्षा लिएका आधारमा कुन्ती महारानी र सूर्य भगवानको अघोषित पुत्र कर्णलाई दानबीरको पदवी दिने घोषणा गरेछन, तर यो कुरा उनकै निकटवर्ती सर्बश्रेष्ठ धनुर्धर अर्जुनलाई पटक्कै चित्त परेनछ। अर्जुनले कृष्णलाई भन्नलागेछन हे प्रभु मेरो दाजी धर्मराज युधिष्ठिर जस्तो ब्यक्ति यहां हुंदाहुंदै यो जावो नीच दासीपुत्रलाई त्यति ठूलो पदवी किन दिइयो र मलाई तपाईंले गरेको यो निर्णय कत्तिपनि मनपरेको छैन,मलाई क्रपया आफ्नो निर्णय तपाईंले तुरुन्तै बदर गरेर यो पदवी मेरा दाजी युधिष्ठिरलाई नै दिने पुनस् घोषणा गर्नुपर्यो, हजुरलाई मेरो बिनम्र अनुरोध यहि छ। अर्जुनले अति नै जिद्धिगर्दै पटक(पटक यस्तो कुरा गरिरहेपछि श्रीक्रिष्ण भगवानले भन्नलाग्नु भयो हे अर्जुन यो कुराको पुष्टि समय आएपछि मैले तिम्रै अगाडि गरेर देखाउने छु।समय बित्दै गयो,एक पटक भगवान र अर्जुन दुबैले ब्राह्मणको भेष धारण गरेर धर्मराज युधिष्ठिरको महलतिर याचक भएर जाने निर्णय गरे। ठूलो हुरी,बतास र असिना(पानी भयङ्कर आऊनाले जताततैका रुखहरु ढलेर जमीनमा तेर्सिएका थिए,जमीन जलम्मे भएको थियो। कता(कताबाट छिर्दै बल्ल(तल्ल ब्राह्मण भेषधारी भगवान कृष्ण र अर्जुन दुबै युधिष्ठिरको राजदरवारमा पुगेर स्तुति गर्न लागे हे महाराज१हामी धेरै टाढाबाट बडो मुस्किलले यहां आएका छौं,हामी तीन दिनदेखि भोका छौं।हाम्रो लागि भोजनको ब्यबस्था गरिदिनु पर्यो।भोजन भने हामी आफैले श्रीखण्ढको दाउराले पकाउनुपर्ने हुन्छ। ढोकामा आएका ब्राह्मण देवताहरुको यस्तो याचना सुनेपछि धर्मराज युधिष्ठिरले सैनिकहरुलाई चारै दिशामा गएर श्रीखण्डका दाउरा खोजी ल्याउन आदेश दिए,सेनाहरु तत्काल चारैतिर गए।तर कसैले पनि श्रीखण्ढका दाउरा फेलापार्न नसकेर रित्तै फर्केर दरबारमा आए।श्रीखण्डका दाउरा नपाएका कारणले गर्दाखेरि खाना खुवाउन नसकेकोमा ब्राह्मण देवताहरुसंग धर्मराज युधिष्ठिरले क्षमायाचना गरे,दुबै ब्राह्मणहरु युधिष्ठिर जस्ताको राजदरवारबाट यसरी भोक(भोकै फिर्ता भए।

दोश्रो दिन ब्राह्मण कै भेष धारण गरेर भगवान कृष्ण र अर्जुन दुबै कर्णको राजदरवारतिर जान भनेर त्यहांबाट हिंडे।त्यस दिनपनि ठूलो हुरी,बतास र असिना(पानीले गर्दाखेरि जताततैका रुखहरु ढलेर जमीनमा तेर्सिएका थिए,जमीन जलम्मे थियो।बडो मुश्किलले लोट्दै(पोट्दै ती ब्राह्मण भेषधारीहरु कर्णको राजदरवारको ढोकामा पुगेर याचना गर्नलागे हे महाराज हामी बल्ल(तल्ल धेरै दुस्ख(कष्टका साथ यहां आयीपुगेका छौं।धेरै दिन भए,हामी भोक(भोकै छौं।हामीलाई भोजनको ब्यबस्था भैदिन सकेमा ठूलो कल्याण हुने थियो,हामीले खाने भोजन भने श्रीखण्डका दाउरामा हामी आफैले पकाउनु पर्नेहुन्छ। आफ्ना राजदरवारको ढोकामा आएका ब्राह्मण देवताहरुको यस्तो याचना सुनेपछि महाराज कर्णले श्रीखण्डका दाउरा खोजी ल्याउनका निम्ति आफ्ना सैनिकहरुलाई आदेश दिए,सैनिकहरु चारैदिशा घुम्दापनि श्रीखण्डका दाउरा पाउन नसकेर रित्तैहात राजदरवारमा फर्केर आए।यो अवस्था देखेर कर्ण एकछिन खिन्न भए,ब्राह्मण देवताहरु फर्केर जान लागेका थिए,तर बडो हस्याङ्ग(फस्याङ्गका साथ महाराज कर्णले बिन्तिगर्दै भन्न लागे((हे ब्राह्मण देवताहरु हो तपाईंहरु मेरो ढोकामा आइसकेपछि निरास भएर रित्तै फर्कन पर्दैन।मैले तपाईंहरुको भोजनको प्रबन्ध कसैगरेर भएपनि मिलाउंछु,रोकिनुहोस,भोजन नगरीकन नजानुहोस।यति भनिसकेपछि महाराज कर्णले पालेहरुलाई राजदरवारको मूल ढोका फोडेर दाउरा तयारपार्न लगाई ब्राह्मण देवताहरुलाई खाना पकाएर खुवाउने प्रबन्ध मिलाए।ब्राह्मण देवताहरुले बडो आनन्दका साथ आफ्नो खाना श्रीखण्डका दाउराले पकाएर भोक मेटाए,महाराज कर्णलाई आशिरबाद दिंदै उनीहरु त्यहांबाट बिदा भएर आफ्नो गन्तब्यतिर लागे।स्मरण रहोस(कर्ण र धरमराज युधिष्ठिर दुबैको राजदरवारका ढोकाहरु,झ्यालहरु,भित्रपट्टिका मूल खामाहरु सबै श्रीखण्डका थिए र ती दुबै ठाऊंमा ठूलो हुरि,बतास र घनघोर असिना(पानीको अवस्था सिर्जना गर्ने कर्तापनि उनै श्रीकृष्ण भगवान नै थिए।

द्वारकाधीश महलमा आयिपुगेपछि श्रीक्रिष्णले मुस्कुराऊंदै अर्जुनलाई भन्नथाले((हे अर्जुन ल अब तिमीले नै निर्णय गर यो दानवीरको पदवी कसलाई दिन उपयुक्त होला।श्रीकृष्ण भगवानको यस्तो वाणी सुनेर अर्जुन लज्जीत हुंदै नाजवाफ भए,उनले भन्नलागे((हे प्रभु म त हजुरको दास हुं।मैले के जान्दछु र मलाई एक शिशु बालक सरह ठानेर हजुरले गरेको निर्णयलाई अञ्जानवश खोट लगाउन गएकोमा क्षमा गरिदिनु हवस,साथ(साथै मलाई अरु थप ज्ञानबर्धक कुराहरु सिक्ने र जान्ने अब्सर पनि प्रदान गर्नुहवस,मेरो यहि बिनम्रानुरोध छ। अर्जुनको यस्तो बिनम्र बोली सुनेपछि श्रीकृष्ण भगवानले उनलाई उपदेश दिंदै भन्नलागे((हे अर्जुन कसैले कोही(कसैलाई कुनै प्रकारको मान,पदवी,पुरस्कार,प्रशंसा,अलङ्कार दिंदा हाम्रोलाई होईन,राम्रोलाई छान्न सक्नुपछ,जात,भात,पारिवारिक उच्चता,बर्ण,जन्मका आधारमा नभै कार्य क्षमता,दक्षता,गुण,योग्यताका आधारमा चुनाब गरेर मात्र दिन सक्नुपर्छ। तब मात्र कार्यसम्पादन प्रक्रिया चुस्त,दुरुस्त र प्रभाबकारी हुन सक्छ।कुनै ब्यक्तिको बाहिरी रुप,ढाल,शारीरिक बनावटले त्यस ब्यक्तिमा अन्तर्निहित स्वभाब,गुण,क्षमता,योग्यताको पहिचान लिन सकिंदैन।यस कार्यका निम्ति त्यस ब्यक्तिको उपयुक्त ढंगले उपयुक्त समयमा उपयुक्त परीक्षा लिनै पर्छ।त्यसपछि मात्र ब्यक्तिको पहिचान लिन सहज हुनेछ।

अस्तु

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?