लोकतान्त्रिक आन्दोलनकी एउटा महान योद्धा मगलादेवी सिंह,


युगनाथ शर्मा पौडेल
नेपालकाे लोकतान्त्रिक आन्दोलनकी एउटा महान योद्धा मगलादेवी सिंह, जसले नेपाली जनतालाई राणाशासनबाट मुक्त गर्नुको उद्देश्य सहित नेपाली महिलाहरुलाई मतदानको अधिकार दिलाउनको लागि राणा शासकहरू विरुद्ध पहिलो विद्रोहको बिगुल फुक्दै भान्सा र चौकाबाट नेपाली महिला दिदीबहिनीको नेतृत्व गर्दै घरबाट बाहिर निस्कनु भएको थियो । नेपालको शान्तिपुर्ण अहिंसात्मक प्रजातान्त्रिक आन्दोलन २०४६ सालका कमाण्डर गणेशमान सिंहकी धर्मपत्नीको रूपमा राणा शासन होस या पन्चायत शासन कालमा होस, उहाँको परिवारले पाएको यातना र पीडा शब्दमा बर्णन गर्न सम्भव नै छैन । राणाहरुले उहाँको श्रीमान गणेशमान सिंहलाई प्रजातन्त्र ल्याउन विद्रोह गरेकोमा ६०० काेर्रा लगाएर कालकोठरीमा यातना दिएका थिए भने पञ्चायतकालमा उहाँको परिवारलाई दिनुसम्म यातना दिइएको थियो । उहाँको दुई छोरा प्रदिपमान सिंह र प्रकाशमान सिंहले उत्कृष्ट विद्यार्थीको रूपमा प्राप्त गरेको छात्रवृत्ति समेत तात्कालिन पञ्चायती सरकारले रोकेर परिवारलाई दिएको यातनालाई मैंले स्वयम् मंगला मां ! को आफ्नो मुखारबिन्दबाट सुनेको थिएँ ! ती सबै स्मरण गर्दा उहाँको परिवारलाई दिएको पीडा अत्यन्तै कहालीलाग्दो लाग्दो छ । बिपी कोईरालाको चाबहिलमा रहेकोे भान्सामा समेत तात्कालिन पञ्चायती सरकारले ताला ठोकेर आर्थिक नाकाबन्दीको शैलीमा तनाव दिएको बेला पिएल सिंह समेत आफु र कान्छो छोरा प्रकाश दाइले बिपीको भान्सामा चामल बोकेर लगेको कुरा सुनाउँदा बिपी र आफ्नो परिवारलाई दिएको पीडा सम्झेर उहाँले आँखाबाट गहभरी आँसु समेत खसाल्नु भएको र मसँग अन्तरवार्ता दिएको भर्खरै जस्तो लागिरहेको छ । एउटा महान् महिला योद्धा मंगलादेवी सिंह जसले मलाई भन्नुभएको थियो कि ती कठिन दिनहरूमा पिएल सिंहले मेरो परिवार मात्रै होईन बिपी कोइराला, किसुनजी समेतलाई प्रजातन्त्रको दियो बालेर बस्न गरेको सहयोग र योगदान तिमीहरूले कुनै हालतमा कहिल्यै नभुल्नु । आजको दिन मंगला “मां” लाई स्मरण गरिरहेका बेलामा पि एल दाइ अस्पतालमा उपचाररत हुनुहुन्छ ! उहाँको शिघ्र स्वास्थ्य लाभको कामना सहित स्वर्गीय मंगलादेवी सिंहप्रति उहाँको २७ औं स्मृति दिवसमा हार्दिक श्रद्धासुमन अर्पण गर्दछु ।
<img class="x16dsc37" role="presentation" src="data:;base64, ” width=”18″ height=”18″ />
All reactions:

16

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?