एशिया प्यासिफिक स्कूल टोखामा पतञ्जली योग समितिको तीज कार्यक्रम सम्पन्न


काठमाडौँ । पतञ्जली योग समितिको तीज कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

पतञ्जली योग समिति काठमाडौँ शाखाको आयोजनामा आज टोखा नगरपालिका वडा नं ६ स्थित एशिया प्यासिफिक स्कुलमा भव्यताका साथ तीज कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा काठमाडौँभित्रका महानगरपालिका र १० वटै नगरपालिकाभित्रका योग समितिमा आवद्ध एक हजारभन्दा बढी व्यक्तिको उपस्थिती रहेको थियो ।

कार्यक्रममा पतञ्जली योग समिति नेपालका केन्द्रीय प्रभारी लवदेव मिश्र, महिला प्रभारी अर्चना घिमिरे, सहप्रभारी ललित शंकर, पतञ्जली सेवा आश्रमका प्रमुख पुज्या साध्वी, बागतमी प्रदेशका प्रभारी, बागमती प्रदेशका महामन्त्री सुधार कलौनी, जिल्ला अध्यक्ष सुरेन्द्र रिमालको उपस्थिती रहेको प्यासिफिक साधना केन्द्रका संयोजक राजन अधिकारीले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?