तीजको अवसरमा ग्राण्डी अस्पतालमा उपचार गर्ने महिलालाई विशेष अफर


काठमाडौँ । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीले हिन्दू नारीहरुको महान् पर्व हरितालिका तीजलाई लक्षित गरेर महिलाहरुलाई उपचारमा सहुलियतको व्यवस्था गरेको छ ।

काठमाडौँको धापासीमा विस २०६९ मा स्थापना भएको ग्राण्डीले तीज पर्वको अवसर पारेर उपचारमा विशेष सहुलियको व्यवस्था सार्वजनिक गरेको हो । ग्राण्डीले महिलाहरुलाई तीजलाई लक्षित गरी ४० प्रतिशतसम्म सहुलियत दिन लागेको जनाएको छ ।

ग्राण्डीले रु ४,६०० मा स्त्री तथा प्रसुति कन्सल्टेशन, मधुमेह परीक्षण, थाईराईड परीक्षण, सिबिसि, क्रियाटिनीन, युरिन रुटिन, प्याप स्मेयर, पेट तथा पाठेघरको अल्ट्रासाउण्डलगायतका जाँचलगायतका सेवा प्रदान गर्न लागेको हो ।

अस्पतालकी उप–महाप्रबन्धक अर्चना प्रधानले महिलाहरुको पर्व तीजलाई लक्षित गरेर ग्राण्डीले चेकजाँचमा सहुलियतको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । ग्राण्डीले उक्त सेवा भदौ १७ गतेदेखि असोज ५ गतेसम्म लागू गर्ने जनाएको छ ।

विभिन्न ३२ विभागमार्फत विरामीको सेवा गर्दै आएको ग्राण्डीमा झण्डै २०० विशेषज्ञ डाक्टर रहेका छन् । सो अस्पताल २०० शैयाको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?