शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत भएको छ : पूर्व प्रधानन्यायाधीश श्रेष्ठ


काठमाडौं । पूर्व प्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले शान्ति प्रक्रिया टुंगोमा नपुग्दा नेपाल द्वन्द्व पीडित देशमा वर्गीकृत हुनुपरेको बताउनुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले शान्ति प्रक्रियालाई टुंगोमा पु¥याउन अब कुनैपनि बहानामा ढिलाइ गर्न नहुने बताउनु भयो । उहाँले विश्वमान चित्रमा नेपाललाई द्वन्द्व पीडित देशबाट शान्त्मिय देशमा बदल्नुपर्ने बताउनु भयो । उहाँले पीडितलाई न्यायको प्रतिक्षा गराउनु नहुने बताउनु भयो ।

उहाँले शान्ति प्रक्रियाका बाँकी काम टुंगो लगाउन राष्ट्रिय प्रयास आवश्यक रहेको बताउनु भयो । जतिसुकै जनआन्दोलन भएपनि अन्याय दबाएर दिगो विकास र शान्ति स्थापना हुन नसक्ने बताउनु भयो ।

पूर्व प्रधानन्यायधीश श्रेष्ठले दिगो शान्ति ल्याउन न्यायिक आधारमा सुदृढ गर्नुपर्ने बताउनु भयो । उहाँले न्यायलाई इन्कार गरेर दिगो शान्ति हुन नसक्ने बताउनु भयो । उहाँले अब कुनैपनि बहानामा न्याय ढिलाई गर्न नहुने बताउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?