मिड सोलुको आईपीओ निष्कासन गर्ने मिति तय


काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडले भदौ २८ गतेदेखि प्राथमिक सेयर (आईपी)निष्कासन गर्ने भएको छ । कम्पनीले ६ लाख २१ हजार १७२ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी ७४ करोड ८४ लाख रुपैयाँको १० प्रतिशत अर्थात् ७ करोड ४८ लाख ४० हजार रुपैयाँ बराबरको ७ लाख ४८ हजार ४०० लाख साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरि बाँडफाँट गरिसकेको छ ।

कम्पनीले १४ हजार ९६८ कित्ता कर्मचारीहरूका लागि र ३७ हजार ४२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याएको छ ।

सो आईपीओमा न्यूनतम १० देखि १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । निष्कासन बन्द छिटोमा असोज १ गते हुनेछ । उक्त अवधिमा माग बमोजिम आवेदन नपरे ढिलोमा असोज ११ गतेसम्म आवेदन खुला रहने बताइएको छ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत् आवेदन दिन सक्नेछन् ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग डबल बी प्लस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आर्थिक वर्ष २०७८र७९ को वास्तविक वित्तीय विवरण अनुसार प्रतिसेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । यो कम्पनीले आर्थिक वर्ष २०७९र८० को चैत मसान्तसम्म ९८ लाख ८८ हजार रुपैयाँ नाफा सञ्चित गर्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले ९।५ मेगावाटको मध्य सोलु जलविद्युत् आयोजना प्रबर्धन गरिरहेको छ । यो आयोजनाको कुल अनुमानित लागत २ अर्ब ८ करोड ४१ लाख ६३ हजार ६२८ रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?