काठमाण्डौ ( असन बजार पत्रिका ) राष्ट्रिय अनुशन्धान विभागका पुर्व प्रमुख हरिश्चन्द्र चौधरीले केही दिन अगाडि चीनियाँ राजदुत छोन सङले दिएको अभिब्यक्ति कुटनीतिक मर्यादा विपरित भएको वताएका छन्। राष्ट्रिय एकता अभियानले विहिवार संघीय राजधानी काठमाण्डौंमा आयोजना गरको ‘चीन सम्वन्धः गैरकुटनीतिक अभ्यास’ कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन । उनले राष्ट्रिय अखण्डताको रक्षा र मुलुकलाई अन्तर्राष्ट्रिय क्रिडास्थल बन्न नदिन सबै जिम्मेवार हुनु पर्ने वताए। मित्रराष्ट्रहरुसँगको सम्वन्धलाई सुमधुर वनाई राख्न सवैले जिम्मेवारी पुर्वक अभिब्यक्ति दिनु पर्ने र गैरजिम्मेवार अभिब्यक्ति दिने कुटनीतिज्ञलाई पनि कानुनी दायरामा बाँध्नु पर्ने उनको भनाई छ। उनले भने यो धेरै चिन्ताको बिषय हो । राष्टीय , अभियानका अध्यक्ष विनय यादवले चिनियाँ राजदुतको गैरकुटनीतिक अभिब्यक्तिको विरोध गरे। उनले चिनिया राजदूतलाई प्रसना ननग्राटा घोषण गरेर देश निकाला गर्नु पर्ने माग पनि गरेका छन्। यादवले चीन नेपालको संस्कृति र धर्म नस्ट गर्न लागिपरेको बताउँदै नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नु पर्ने र तिब्बतीकरण गर्ने चीनको योजनालाई असफल बनाउनु पर्ने माग राखे।अध्यक्ष यादवले देश जोगाउन अपिल गर्दै नेपालको जग्गा चीनको नक्सामा देखाईएको प्रति विरोध जनाएका छन । यस्तै अभियानका वरिष्ठ नेता वीपी यादवले चीनियाँ राजदुतको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै काठमाण्डौंमा जारी शिक्षकहरुको आन्दोलनमा समर्थन जनाएका थिए ।वरिष्ठ पत्रकार एबम राजनीतिक बिश्लेषक युगनाथ शर्मा पौडेलले चिनियाँ राजदुतले नेपाललाई भारत र चीनको युद्ध मैदान बनाएर युद्धमा धकेल्न खोजेको आरोप लगाएका छन । पौडेलले भारत र चीनको युद्व नेपालमा नगर्न आग्रह गर्दै दुई देशको समस्यामा नेपाललाई बिबादमा नमुछन चिनिया राजदूतलाई आग्रह गरेका छन उनले अगाडि भने चीन र भारतको फुटबल खेल्ने मैदान नेपाल होइन ।
। उनले सागरमाथाको चुचुरो केबल नेपालको मात्र भएको उल्लेख गदै हाल तिब्बतमा रहेको भनिएको मानोसरोबरसम्म समेत इतिहासको दस्ताबेजमा नेपालको भएको दाबी गरे। उनले एक प्रजातन्त्रबादीको नाताले चीन पनि लोकतान्त्रिक देश बनेको हेर्न चाहेको उल्लेख गर्दै सन १९७९ को जुन ६ मा चीनको तेनमेन स्क्यायरमा मारिएका लाखौ चिनिया बिघार्थी प्रति श्रदाञ्जली अर्पण गर्दै उनले भने नेपालले तिब्बत र ताईवानको मामिलामा एक चीन नीीत लिए पनि एक प्रजातन्त्रबादीले चीनमा प्रजातन्त्रको बारेमा एक चीननीति नलिने भन्दै चिनिया राजदूतलाई नेपालमा आएर भारत बिरोधी कार्ड खेलेर नेपाली जनताको पीडालाई नबढाउन सचेत गराएका छन । विश्लेषक बुद्ध छिरिङ मोक्तानले चिनियाँ राजदुतको अभिब्यक्तिको विरोध गर्दै नेपालले पनि सिङ्गापुरको जस्तै समृद्धिको यात्रा तय गर्नु पर्ने धारणा राखे। प्राध्यापक विजय महासेठले पनि चीनियाँ राजदुतको विरोध गरे। उनले नेपालमा चीन वा भारत कुनै पनि देशका विरुद्ध गतिविधि गर्न नहुने र गर्न दिन नहुने वताए। उक्त कार्यक्रममा राष्ट्रिय एकता अभियानमा प्रबेश गर्नेको ठूलो जामात थियो ।