डेंगु संक्रमितको संख्या बढ्यो, काठमाडौंमा एक हजार नजिक


काठमाडौं । नेपालमा डेंगु संक्रमितको संख्या २८ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्राण महाशाखाको तथ्यांक अनुसार यो वर्ष जनवरीयता हालसम्म २८ हजार नौ जनामा संक्रमण पुष्टि भएको छ ।

डेंगुबाट जुलाइयता १५ जनाको मृत्यु भएको छ । सबैभन्दा धेरै संक्रमित कोसी प्रदेशमा २० हजार ९५० जना संक्रमित भएका छन् ।

त्यस्तै, वाग्मतीमा ४ हजार २५२, मधेसमा ५६४, गण्डकीमा ८७९, लुम्बिनीमा ४६८, कर्णालीमा ७४ र सुदूरपश्चिममा ८२२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९१७ जना संक्रमित भएको ईडीसीडीको तथ्यांक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?