सल्यानमा भिरबाट खसेर एक जनाको मृत्य


बुटवल । घाँस काट्न जंगल गएको बेला भिरबाट लडेर सल्यानमा एक जनाको मृत्यु भएको छ ।

 

बनगाड कुपिण्डे नगरपालिका -१ बालुवासंग्रही नजिकै मंगलबार बिहान घाँस काट्न गएका अन्दाजी ४५ वर्षीय दिपक कामीको भिरबाट खसेर मृत्यु भएको हो ।

 

घाँस काट्ने क्रममा भिरबाट चिप्लिएर भेरी करिडोर सडकमा खसेका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?