सरकार र राहत शिक्षकबीच सहमति, आन्दोलन फिर्ता


काठमाडौं । सरकार र आन्दोलनरत राहत तथा बालविकास शिक्षकहरुबीच सहमति भएको छ । सहमतिसँगै शिक्षहरुको आन्दोलन फिर्ता भएको छ ।

सरकारले विद्यालय शिक्षा विधेयक संसदमा दर्ता गराएपछि नेपाल शिक्षक महासंघ ३ असोजदेखि विद्यालय बन्द गरेर आन्दोलनमा उत्रिएको थियो ।

 

सरकार र महासंघबीच ५ असोजमा भएको सहमतिमा राहत, अनुदान कोटामा कार्यरत शिक्षकको सिमित प्रतिस्पर्धासम्बन्धी व्यवस्थालाई एक पटकका लागि आन्तरिक तर्फ ७५ प्रतिशत कायम गर्ने उल्लेख थियो ।

सरकारले ल्याएको विधेयकमा ५० प्रतिशत भनिएको थियो । ७५ प्रतिशत बनाउने सहमतिप्रति असहमति जनाउँदै राहत शिक्षकहरुले आन्दोलन जारी राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?