बढेको बिजुलीको बिललाई लिएर पाकिस्तान नियन्त्रित कश्मीरको मुजफ्फराबादमा विशाल प्रदर्शन


 

मुजफ्फराबाद पीओके,( एएनआई ) पािकिस्तान नियन्त्रित कश्मीरमा अत्यधिक बिजुली बिलहरूको बिरूद्ध विशाल विरोध प्रदर्शनले पाकिस्तान(नियन्त्रित कश्मीर लाई हल्लाएको छ आक्रोशित नागरिकहरू सडकमा उत्रिएका छन् र उनीहरुको मागमा जनमत सडकमा आएका छन ।स्थानीय नेताहरूको आह्वानले हरेक कुनाका बासिन्दाहरू सडकमा उत्रिएका छन्, ।आन्दोलनकारीले आफ्ना माग तत्काल पूरा नभए सम्पूर्ण क्षेत्र ठप्प पार्ने बताएका छन् । एक प्रदर्शनकारीले भने तपाईं सबैलाई थाहा छ हिजो रातीदेखि प्रशासनले केही क्षेत्र र शहरमा कर्फ्यू जस्तो अवस्था सिर्जना गरेको छ। आज सेप्टेम्बर ३० हो र स्थानीय नेताहरुको गिरफ्तारीका कारण जनता आक्रोशित छन् । प्रशासनविरुद्धको आन्दोलनमा राजनीतिक व्यक्तित्वसहित सबैको सहभागिता रहेको छ ।” उनीहरुको एरियामा प्रचुर मात्रामा प्राकृतिक स्रोतहरू र पर्याप्त बिजुलीको उत्पादनको बावजुद, यसका नागरिकहरूले आफ्नो आधारभूत ऊर्जा आवश्यकताहरू पूरा गर्न आफूलाई पाकिस्तानमा निर्भर महसुस गर्छन् यो नै उनीहरुको पीडाको बिषय हो ।


सात दशकभन्दा बढी समयदेखि, पाकिस्तानले पीओके र गिलगिट बाल्टिस्तानको सम्पत्तिको अन्धाधुन्ध शोषण गर्दै आएको छ, जबकि कब्जा गरिएका क्षेत्रहरूले बदलामा कुनै प्रतिफल पाएका छैनन्।दमनकारी बिलिङ प्रणालीको विरुद्धमा जुलुस निकाल्ने क्रममा लामो समयदेखि पीडा भोग्दै आएका जनता धेरै उत्तेजित रहेका छन ।यो जनआक्रोशको बारेमा टिप्पणी गर्दै पीओके कार्यकर्ता, अमजद अयुब मिर्जाले एएनआईलाई भने भने, ूबिजुलीको बिलमा कर, सब्सिडीमा कटौती, गहुँको अभाव र लामो लोडसेडिङको विरुद्धको आन्दोलन अब नागरिक अवज्ञाको पूर्ण विकसित आन्दोलन भएको छ, । मिर्जाले थपे, अब गत हप्तादेखि यो एक प्रकारको विद्रोहमा परिणत भएको छ रावलकोटदेखि मिरपुर र मुजफ्फराबादसम्म। मानिसहरूले विरोध शिविरहरू खडा गरिरहेका छन् र ती शिविरहरूमा उनीहरूले मानिसहरूलाई बिजुलीको बिल नतिर्न आग्रह गरेका छन् किनभने त्यहाँ बिलहरूमा करसहित त्यसको सट्टा जनताले सडकमा बिजुलीको बिल जलाउन थालेका छन्।यद्यपि, पाकिस्तान सरकार र पीओकेमा यसको कठपुतली प्रशासन माथि धेरै नै भर परिरहेको छ । बढ्दो अशान्ति र बढ्दो विरोधका बावजुद, तिनीहरू इस्लामाबादको कठपुतलीको रुपमा काम गरिरहेका छन उनीहरुले जनमतको पीडा र आक्रोशलाई बुझेका छैनन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?