के तपाईँ कान्तिपुर मलमा सामान किन्दै हुनुहुन्छ ? मोटरसाइकल उपहार पाउनुहुन्छ


काठमाडौँ । काठमाडौँको गोँगबुस्थित नयाँबसपार्क भित्र रहेको कान्तिपुर मलमा दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सामान किन्ने ग्राहकले मोटरसाइकल उपहार पाउने भएका छन् ।

काठमाडौँ महानगरपालिका वडा नं २६ मा विस २०६३ फागुनबाट सञ्चालनमा आएको कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष पनि दशैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी उपहार योजना सुरु गरेको छ ।

कान्तिपुर मलले सुरु गरेको उक्त उपहार योजना भदौदेखि नै लागू भइसकेको छ । भदौदेखि छठ पर्वसम्म कान्तिपुर मलभित्र रु एक हजारभन्दा बढी मूल्य बराबरको सामान किन्ने ग्राहकलाई एउटा कुपन प्रदान गरिने र सो कुपनको आधारमा विजेता घोषणा गरिने मलका महाप्रबन्धक अमर निरौलाले बताउनुभयो ।

उपहार योजनामा प्रथम पुरस्कार १५० सिसिको यामाह मोटरसाइकल, दोश्रो पुरस्कार १२५ सिसिको यामाहा स्कुटर र तेश्रो पुरस्कार ४३ इन्चको एमआई कम्पनीको एलईडि टेलिभिजन प्राप्त गर्नेछन् । यस्तै अन्य पुरस्कारसमेत रहेका छन् ।

झण्डै २०० सटर रहेको उक्त मलमा बैँक तथा वित्तिय संस्था, सैलुन, गुदपाक भण्डार, लत्ताकपडा पसल, इलेक्ट्रोनिक्स पसल, रेष्टुरेन्टलगायत रहेको छ । काठमाडौँभित्रको पुरानो सपिङ मल भएको कारण उक्त मलमा सुपथ मूल्यमा गुणस्तरीय सामान प्राप्त गरिने निरौलाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?