दशैँको समयमा वालुवाटार क्षेत्रमा हुने आपराधिक क्रियाकलाप न्यूनिकरणका लागि छलफल


काठमाडौँ । दशैँको समयमा वालुवाटार र त्यसवरपरका क्षेत्रमा हुने आपराधिक क्रियाकलापलाई न्यूनीकरण गर्न अन्तक्र्रिया गरिएको छ ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीले विजयादशमी, शुभदिपावली तथा छठ पर्वमा हुनसक्ने आपराधिक क्रियाकलाप न्यूनीकरणका लागि काठमाडौँ महानगरपालिका वडा नं ४ मा बसोबास गर्ने विभिन्न सङ्घसंस्था तथा लब्धप्रतिष्ठित व्यक्तिसँग आज अन्तक्र्रिया कार्यक्रम आयोजना गरेको हो ।

सामुदायिक सेवा केन्द्र टुँडालदेवीका अध्यक्ष एवम् वरिष्ठ समाजसेवी रामप्रसाद न्यौपानेले काठमाडौँ महानगरपालिका वडा नं ४ भित्र चाडपर्वमा हुनसक्ने आपराधिक क्रियाकलापको बारेमा छलफल तथा अन्तक्र्रिया गरिएको बताउनुभयो ।

प्रधानमन्त्री निवासदेखि विशिष्ट व्यक्तिको निवास रहेको उक्त क्षेत्रललाई काठमाडौँको भिआईपी क्षेत्रका रुपमा लिइन्छ । कार्यक्रममा प्रहरी वृत्त महाराजगञ्जका प्रमुख अमर थापा क्षेत्री र प्रहरी वृत्त मालिगाउँका प्रमुख इन्द्रप्रसाद सुवेदीले उक्त क्षेत्रलाई सुरक्षित बनाउनका लागि सुरक्षा योजना बनाएर लागू गरिसकेको बताउनुभएको थियो ।

काठमाडौँ महानगरपालिका वडा नं ४ मा विशालनगर, चण्डोल, चुनदेवी, वालुवाटार, पञ्चकन्या, गणेशवस्ती, चप्पल कारखाना, प्रगती टोल, धुम्बाराही, रारामार्गलगायतका क्षेत्र पर्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?