नवलपरासीका रामकृष्ण पौडेलद्धारा क्यानडामा ठगी (प्रमाणसहित)


काठमाडौँ । नवलपरासीको अमरापुरीका रामकृष्ण पौडेलले क्यानडामा ठगी गरेका छन् ।

नवलपरासीका  रामकृष्णले क्यानडामा सञ्चालित इण्डियन हाका रेष्टुरेन्टका सञ्चालक ईश्वर थापासँग ठगी गरेको तथ्य फेला परेको हो ।

सुरुमा पौडेल र थापाको साझेदारीमा सञ्चालित उक्त रेष्टुरेन्ट पछिल्लो समय रामकृष्णले एकलौटी रुपमा आफ्नो नाममा सञ्चालन गरेर थापालाई दिनुपर्ने रकम नतिरेर ठगी गरेका हुन् ।

थापाले आफूले पाउनुपर्ने ३७ हजार डलर नपाएपछि थापाले क्यानडाको लेभर कोर्टमा मुद्दा समेत हालेका थिए । सन् २०२१ डिसेम्बर ६ मा क्यानडामा बसेको पौडेल, थापासहित उनीहरुका परिवार र साक्षीको बैठकले पौडेलले थापालाई दिनुपर्ने रकम एक वर्षमा भुक्तानी गर्ने कागज गरेपनि अहिलेसम्म पौडेलले थापालाई पैसा नदिएको पीडित थापा बताउँछन् ।

बैठकमा पौडेल र थापासहित पौडेलकी श्रीमति गिता घिमिरे पौडेल, थापाकी श्रीमति सावित्रा थापा र साक्षीहरुमा पिताम्बर भट्टराई, राम क्षेत्री र भुपाल लिम्बुको सहभागीता रहेको थियो । परिवारसहित साक्षी मिलेर कागज गरेको दुई वर्ष वित्न लाग्दासमेत थापाले पैसा पाएका छैनन् ।

उक्त रेष्टुरेन्टमा पीडित थापाको ५१ हजार डलर लगानी रहेपनि हालसम्म थापाले जम्मा १० हजार डलर पौडेलसँग पाएको बताएका छन् । बाँकी चार हजार डलर पौडेलका अनुरोधमा मिनाह गरेपनि बाँकी रकमभने नतिरेका हुन् ।

अझ अनौठो कुरा के छ भने ३७ हजार डलर तिनुपर्ने पौडेलले उल्टो थापालाई मुद्दा हालेको पाइएको छ । यतीसम्म ठगी गर्ने पौडेललाई कसले के कारबाही गर्छ त्यो भने हेर्न बाँकी नै छ । ठगी पौडेलका बारेमा हाम्रो समाचार निरन्तर जानेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?