गोरखाको धारापानीमा फुटवल प्रतियोगिता, पूर्वसांसद दवाडीद्धारा उद्घाटन


गोरखा । गोरखा जिल्लाको वारपाक सुलिकोट गाउँपालिका वडा नं ७ धारापानीमा बडादशैँ २०८० को अवसर पारेर फुटवल प्रतियोगिता सुरु भएको छ ।

भुवानी युवा क्लबको आयोजनामा आजदेखि सुरु भएको ‘प्रथम भुवानी कप फुटवल प्रतियोगिता’को कांग्रेस नेता एवम् पूर्वसांसद प्रकाशचन्द्र दवाडीले उद्घाटन गर्नुभयो ।

कार्यक्रममा बोल्दै पूर्वसांसद दवाडीले खेलकुद क्षेत्रले देशलाई अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउने बताउनुभयो । उहाँले यस्ता प्रतियोगिताले देशमा राम्रो खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

चार दिनसम्म सञ्चालन हुने खुल्ला सिक्स ए साइड फुटबल प्रतियोगितामा गोरखा जिल्लाका विभिन्न क्षेत्रका खेलकुद टिमको सहभागीता रहेको छ । सोही अवसरमा पूर्व सांसद दवाडीले खेलकुदका सामग्री तथा नगद १० हजार प्रदान गर्नुभएको थियो ।

नेता दवाडीद्धारा गोगनपानीमा मैत्रीपूर्ण भलिवल प्रतियोगिताको उद्घाटन

यस्तै, आजै कांग्रेसका नेता एवम् पूर्वसांसद दवाडीले अजीरकोट गाउँपालिका वडा न ४ गोगनपानीमा मैत्रीपूर्ण भलिबल खेलको उद्घाटन समेत गर्नुभएको छ ।

तीन दिनसम्म चल्ने मैत्रीपूर्ण भलिवल प्रतियोगितामा विभिन्न क्षेत्रका खेलाडीको सहभागीता रहेको थियो ।

क्लवका अध्यक्ष धनराज गुरुङको अध्यक्षतामा आयोजित उक्त प्रतियोगितामा वडा अध्यक्ष जङ्गबहादुर गुरुङ, तरुण दलका केन्द्रीय सदस्य पदम भट्टराई, ट्रेकिङ एजेन्सीज् एशोसियश अफ नेपालका द्धितीय उपाध्यक्ष धनबहादुर गुरुङलगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो ।

सोही अवसरमा प्रमुख अतिथि दवाडीले खेलकुद कार्यक्रम सफल बनाउन खेलकुद सामग्री तथा नगद २५ हजार सहयोग गर्नुभएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?