भारतले आतंकबादीको मुद्दामा क्यानडालाई अन्तराष्टिय मञ्चमा घेर्ने ?


नयादिल्ली एजेन्सीहरु
भारत र क्यानडाबीचको तनावपूर्ण कूटनीतिक सम्बन्धको बीचमा एउटा चकित पार्ने घटनामा, खालिस्तान आन्दोलन र पाकिस्तानबीचको सम्बन्ध बाहिर आएका छन । भारत बिरुद्ध क्यानडामा बसेर गतिबिधि गरिरहने शिख पृथकताबादी आतंकबादीको पछाडि पाकिस्तानको गुप्तचर संस्था ,आईएसआईको समेत हात रहेको यो घटनाले भारतले क्यानडा बिरुद्ध अन्तराष्टिय जगतमा समेत घेराउ गर्ने अबस्था आएको भारतको एक कुटनीतिक अधिकारीले पत्रकारहरुलाई बताएको छन । भारतले पछिल्लो दिनमा ४१ कुटनीतिज्ञलाई क्यानडा फर्कन आदेश दिएप्छि भारत क्यानडासंग उसले आतंकबादीको सूचिमा राखेका ४३ आतंकबादीलाई भारतलाई सुपुर्दगीको लागि अनुरोध गर्ने छ । यो कुरा बाहिर पुगेपछि क्यानडाको छबि अन्तराष्टिय रुपमा धेरै खराब हुनेछ र भारतले तनाब बढेको अबस्थामा यो निर्णय लिने सम्भावना पनि छ । पछिल्लो सुचना अनुसार पाकिस्तानको इन्टर सर्भिसेज इन्टेलिजेन्स (आईएसआई ) ले क्यानडामा खालिस्तानी गतिविधिलाई तीव्र पार्न पैसा उपलब्ध गराएको पाइएको छ यो । त्यसो त स्रोतलाई उद्धृत गर्दै सार्बजनिक गरिएको हालको प्रतिवेदनले हालैका महिनाहरूमा भारत विरोधी गतिविधिलाई तिव्रता दिन केही शीर्ष खालिस्तानी नेताहरूलाई रकम दिइएको औपचारिक पुष्टि भएको छ ।अहिले प्रचलनमा आएको प्रतिवेदनका अनुसार उक्त रकम जनतालाई विरोधस्थलमा लैजान, पोस्टर र ब्यानर बनाउन र युवालाई भारतविरुद्ध उक्साउन प्रयोग गरिएको समेत सामाचारमा बताइएको इण्डियन एक्सप्रेसले जनाएको थियो । यो रिपोर्ट भारत र क्यानडा दुबै देशहरूमा यात्रा नगर्न आआफ्ना नागरिकहरूलाई चेतावनी दिँदै ट्राभल एडभाइजरी जारी गर्ने समयमा आएको हो। क्यानडामा बढ्दो भारत विरोधी गतिविधिहरू र राजनीतिक रूपमा माफ गरिएको घृणा अपराध र आपराधिक हिंसालाई ध्यानमा राख्दै, त्यहाँका सबै भारतीय नागरिकहरू लाई क्यानडा यात्रा गर्ने विचारमा सावधानी अपनाउन आग्रह गरिएको छ, । भारतले जारी गरेको यात्रा सल्लाहमा भनिएको छ। के निज्जर झडपले भारत क्यानाडा व्यापार सम्बन्धलाई लगभग धेरै तल झारेको छ भारतले पछिल्लो दिनमा ४१ क्यानडियन कुटनीतिज्ञलाई भारतबाट निक्साशित गरेपछि क्यानडाका प्रधानमन्त्रीले त्यो कदमलाई भियना सन्धी बिपरित भनेको भएपनि भारतले क्यानडामा भएको आफना कुटनीतिज्ञ सुरक्षित नभएपछि बराबर कुटनीतिज्ञ बनाउने योजना सहित अगाडि आएको बताएको छ ।


यस अगाडि आएका खबरहरुमा हालसालै, दिइएको धम्कीहरूले विशेष गरी भारतीय कूटनीतिज्ञहरू र भारत विरोधी एजेन्डाको विरोध गर्ने भारतीय समुदायका वर्गहरूलाई लक्षित गरेको अनुमान गरिएको छ । त्यसकारण भारतीय नागरिकहरूलाई क्यानाडामा यस्ता घटनाहरू देखेका क्षेत्रहरू र सम्भावित स्थानहरूमा यात्रा नगर्न सल्लाह दिइएको छ ।यस्तै क्यानाडाली सरकारले आफ्ना नागरिकहरूलाई भारत यात्रा गर्दा उच्च डिग्री सावधानी अपनाउनु भनेको थियो ।आफ्नो ट्राभल एडभाइजरीमा क्यानाडा सरकारले भन्यो, भनेको थियो अप्रत्याशित सुरक्षा अवस्थाका कारण केन्द्र शासित प्रदेश जम्मू कश्मीरको सबै यात्रा नगर्नुहोस्। त्यहाँ आतंकवाद, नागरिक अशान्ति र अपहरणको खतरा छ।प्रधानमन्त्री ट्रुडोले हाउस अफ कमन्समा गरेको सम्बोधनमा क्यानडाको भूमिमा खालिस्तानी आतंकवादी हरदीप सिंह निज्जरको मृत्युमा भारतको संलग्नता हुनसक्ने सुझाव दिएपछि भारत र क्यानडाबीच कूटनीतिक गतिरोध उत्पन्न भएको थियो। अनुसन्धान जारी रहँदा पनि ओटावाले एक वरिष्ठ भारतीय कूटनीतिज्ञलाई पनि निष्कासन गरेको छ।यद्यपि, भारतले यी दाबीहरूलाई कडाइका साथ अस्वीकार गरेको छ, र कानूनको शासनको पालना गर्ने कुरा दोहोर्‍याएको छ। नयाँ दिल्लीले ओटावालाई क्यानडाको भूमिमा भारत विरोधी गतिविधिहरू नियन्त्रण गर्न र भारतको क्षेत्रीय अखण्डताको सम्मान गर्न पनि आह्वान गरेको छ। भारतले पनि क्यानडाको कुटनीतिज्ञहरुलाई नया दिल्लीबाट निष्काषित गरेको छ ।

त्यसो त भारतका विदेशमन्त्री सुब्रह्मण्यम जयशङ्करले आफ्ना कूटनीतिज्ञहरूको सुरक्षामा प्रगति भए भारतले क्यानाडालीहरूलाई भिसा जारी पुनः सुरु गर्ने बताउनुभएको छ । “क्यानाडामा रहेका हाम्रा कूटनीतिज्ञहरू सुरक्षित छैनन्, त्यसैले यदि त्यहाँ प्रगति भयो भने म स्वयं भिसाको समस्या पुनः सुरु गर्न चाहन्छु, यो चाँडै नै हुनुपर्छ भन्ने मलाई अपेक्षा छ”, उहाँले भन्नुभयो । मध्य सेप्टेम्बरमा क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाको भूमिमा सिख नेता हरदीप सिंह निज्जरको हत्यापछाडि भारत सरकारको एजेन्टहरूको हात भएको आरोप लगाउनुभएपछि क्यानाडा र भारतबीचको सम्बन्ध तनावपूर्ण भएको छ । भारतले उक्त आरोपलाई अस्वीकार गर्दै ‘तर्कहीन र प्रेरित’ भनेको छ । दुवै मुलुकले आफ्ना नागरिकलाई एकअर्को देशको यात्रा गर्दा ‘अत्यन्त सावधानी अपनाउन’ आग्रह गर्दै ट्राभल एडभाइजरी जारी गरेका छन् । यसका साथै भारतले क्यानाडामा भिसा प्रशोधन केन्द्र सेवाहरू निलम्बन गरेको छ । गत साता क्यानाडाले क्यानाडाले ४१ कूटनीतिज्ञ र उनीहरूसँगै आएका ४२ आश्रितलाई भारतबाट फिर्ता बोलाएको थियो । भारत सरकारले उनीहरूको कूटनीतिक उन्मुक्ति खोस्ने धम्की दिएपछि क्यानाडाले उनीहरूलाई फिर्ता बोलाएको हो त्यसो त भारत आतंकबादका कारण पीडित देश हो पाकिस्तान पछि भारतले क्यानडामा आतंकबादी बिरुद्ध अर्को लडाईमा भाग लिनु परेको छ । क्यानडाको भूमिका भारतमा धेरै बिबादास्पद र आतंकबादको बारेमा दोहोरो मापदण्डा अपनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?