चियापान तथा शुभकामना समारोहमा आज काग्रेसको निम्तो


काठमाण्डौ ( असन बजार पत्रिका ) नेपाली काग्रेसले आज चियापान तथा शुभकामना समारोहमा सबैलाई निम्ता गरेको छ । नेपाली काग्रेसका केन्द्रीय सदस्य विश्वकर्माले जारी गरेको बिज्ञप्तीमा भनिएको छ वि।सं। २०३३ सालमा जननायक बी।पी। कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्केपछि २०३४ सालदेखि प्रत्येक वर्ष नेपाली कांग्रेसले कोजाग्रत पूर्णिमाको दिनमा चियापान समारोह गरी शुभकामना आदान–प्रदान गर्ने परम्परा रहँदै आएको छ ।नेपाली कांग्रेसले यस वर्ष पनि निरन्तरता दिंदै विजया दशमी, तिहार, नेपाल सम्वत्, छठ लगायत पर्वहरुको अवसरमा २०८० कार्तिक ११ गते शनिबार कोजाग्रत पूर्णिमाको दिन अपरान्ह २ः००—५ः०० बजेसम्म पार्टीको केन्द्रीय कार्यालय बी पी स्मृति भबन बी। पी। नगर, ललितपुरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम राखिएको व्यहोरा पुनः अवगत गराइन्छ ।

उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, नेपाल सरकारका प्रधानमन्त्री एवं मन्त्रीहरु, संबैधानिक निकायका प्रमुखहरु, माननीय सांसदहरु, राष्ट्रसेबक कर्मचारीहरु, सुरक्षा निकायका प्रमुखहरु, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरु, लेखक, साहित्यकार, कलाकार, उद्योगपति एवं व्यवसायीहरु, पेशागत एवं बुद्धिजीवीहरु, नागरिक समाजका अगुवाहरु, मानव अधिकारकर्मीहरु, विभिन्न संञ्चार माध्यमका प्रमुखहरु, सम्पादक, प्रकाशक एवं पत्रकारहरु, गैर–आवासीय नेपालीहरुको संघ–संस्थाका प्रमुखहरु लगायतका बिशिष्ट महानुभावहरु, नेपाली कांग्रेसका सदस्यहरु एवं शुभेच्छुकहरुको सहभागिताका लागि आमन्त्रण गरिसकेकोले पुन स्मरण गराउँदै उपस्थितिका लागि यो विज्ञप्ति मार्फत सादर अनुरोध गरिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?