बिपीको देशको बेमौसमको विदेश नीति


बन्धकहरुको रिहाइको लागि मनोबैज्ञानिक दबाब  : 
इजरायल र प्यालेस्टिनी समूह हमास बीच चलिरहेको लडाइँको बीचमा, अक्टोबर७ मा जेरुसेलमको जेरुसेलम नगरपालिका भवन बाहिर प्यालेस्टिनी लडाकूहरूले ७ अक्टोबरको आक्रमणबाट बन्धक बनाएका इजरायली बन्धकहरूको संख्या प्रतिनिधित्व गर्ने ओछ्यानहरू राखिएका छन्। गाजा पट्टीमा आधारित प्यालेस्टिनी हमास लडाकुहरूले गाजामा प्रतिशोधात्मक बम विष्फोटको साथ इजरायलले हमास विरुद्ध घोषणा गरेको युद्धलाई ट्रिगर गर्ने अभूतपूर्व आक्रमणमा दक्षिणी इजरायलमा प्रवेश गरेपछि, प्यालेस्टिनी र इजरायलीहरू दुबैतर्फ हजारौं नागरिकको मृत्यु भएको छ। तस्बिर अहमद घरबली एएफपी

अक्टोबर ७ मा इजरायलमा शिक्षा आर्जन गर्न पुगेका निर्दोष १० नेपाली दाजुभाइहरूलाई जेहादको नाममा धर्मान्दतावादी चिन्तन राख्ने एउटा अतिवादी समुह इस्लामिक संगठन हमासका आतंकवादीहरुले बिना सूचना, कुनै जानकारी बिना, युद्धको घोषणा नै नगरी इजरायलको भुमिमा एउटा आतंककारी त्रासदीको शैलीमा हत्या गरेको धेरै भएको छैन । एकलाई अझै बन्दी बनाईएको छ, उनको अत्तोपत्तो छैन ती नेपाली भाईलाई बेपत्ता बनाउने अरु कोही होइनन हमास आतंकबादी हुन यो जगजाहेर भएको बिषय हो उनको अबस्था अझै पनि अज्ञात छ । त्यसो त भर्खरै भएको यो घटनामा नेपाली दाजुभाइहरूको रगतका टाटाहरु सुकेको पनि छैन । उनीहरूको परिवारले मात्रै होइन देशले नै यो शोकमा राम्रोसँग यसपालि दशैं मनाएको छैन । यो कहालिलाग्दो, भीषण र त्रासदीपूर्ण घटनाले हामी नेपालीहरूको आँगनमा पीडितलाई पीडा र हरेकलाई आक्रोशको ज्वाला उठिरहेको बेलामा इस्लामिक आतकंवादी समुह हमासले गराएको त्यो अक्टोबर ७ को घटनाको लागि निन्दा गर्ने क्यानडाले गरेको प्रस्तावमा नेपालले समर्थन नजनाएको पछिल्लो घटना हरेक जिम्मेवार नेपाली नागरिकहरूको लागि गम्भीर चासो र चिन्ताको विषय हो । नेपाली नागरिकहरूको हत्या गरिएको यस घटनालाई आतंककारी घटनाको रूपमा उल्लेख गरेर हमास विरुद्ध उभिन नसकेको कथित् असंलग्न परराष्ट्र नीतिको व्याख्याता चाहिँ को हो  ? परराष्ट्रमन्त्री साउदले यो प्रश्नको जवाफ नेपाली जनतालाई दिनुपर्ने हुन्छ । किनकि उहाँले आफ्ना नेपाली नागरिकहरूलाई भारत भन्दा पहिले नेपाल ल्याएर सबैको वाहवाही  प्राप्त गर्नु भएको थियो । नेपालले राष्ट्रसंघमा क्यानडाद्वारा ल्याइएको हमासको निन्दा गर्ने प्रस्तावमा त्यो ७ अक्टोबरको आतंककारी घटनाको विरुद्ध उभिएर निन्दा गर्नुको सट्टामा गाजामा युद्धविरामको लाईनमा किन उभिएको हो रु यो विषय धेरैले बुझ्न चाहेका छन ।

बन्धकहरुको रिहाइको लागि मनोबैज्ञानिक दबाब  : 
इजरायल र प्यालेस्टिनी समूह हमास बीच चलिरहेको लडाइँको बीचमा, अक्टोबर७ मा जेरुसेलमको जेरुसेलम नगरपालिका भवन बाहिर प्यालेस्टिनी लडाकूहरूले ७ अक्टोबरको आक्रमणबाट बन्धक बनाएका इजरायली बन्धकहरूको संख्या प्रतिनिधित्व गर्ने ओछ्यानहरू राखिएका छन्। गाजा पट्टीमा आधारित प्यालेस्टिनी हमास लडाकुहरूले गाजामा प्रतिशोधात्मक बम विष्फोटको साथ इजरायलले हमास विरुद्ध घोषणा गरेको युद्धलाई ट्रिगर गर्ने अभूतपूर्व आक्रमणमा दक्षिणी इजरायलमा प्रवेश गरेपछि, प्यालेस्टिनी र इजरायलीहरू दुबैतर्फ हजारौं नागरिकको मृत्यु भएको छ।  तस्बिर अहमद घरबली एएफपी

कुनै पनि देशको विदेश नीति बाइबल, कुरान र वेद होइन यो नबदलिने जड वस्तु पनि होइन बदलिन्छ, समय र परिस्थिति अनुसार । यो घटनामा नेपाल हमासको आतंककारी आक्रमणबाट पीडित देश हो । त्यसैले यो हाम्रो देशको दाजुभाइहरूको रगत बगेको घटना हो र हमासको त्यो त्रासदीपूर्ण घटनाको विरुद्ध नेपाल जसरी पनि उभिनु पर्ने थियो । यो नै उपयुक्त विदेश नीति हो । हुन त यो एउटा विचार मात्र हो, यसले देशको प्रतिनिधित्व त गर्दैन । अहिलेको लागि यो एउटा फरक विचार हो तर हामी नेपालीहरूले बुझेको र पढेको इतिहास त यस्तो छ कि हाम्रा तत्कालीन जननायक बिपी कोइरालाले भारत र चीन समेतले इजरायललाई देशकै रूपमा मान्यता नदिएको बेलामा पनि एशियाली देशहरूमा इजरायललाई मान्यता दिने पहिलो मुलुक बनेर इतिहास बनाएको नाताले पनि आजको दिनमा यदि बिपी कोइराला जस्ता राजनेता नेपालका प्रधानमन्त्री भएको भए गाजामा नेपाल युद्धविरामको पक्षमा त हुने कुरा थिएन । क्यानडाले ल्याएको हमासको त्यो आतंकवादी घटनाको निन्दा गर्ने प्रस्तावलाई नेपालले नै अन्तर्राष्ट्रिय मञ्चमा ल्याउने थियो र इजरायलको प्रधानमन्त्री नेतान्याहुलाई भेटेर आतंकवाद विरुद्धको अभियानमा समर्थन जनाउन इजरायलमा पुग्नुहुने थियो ।यो महत्त्वपूर्ण विषय नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र शेखर कोइरालालाई समेत थाहा नभएको विषय त पक्कै होइन तर किन यतिबेला सरकारमा रहेका आफ्ना परराष्टमन्त्रीलाई यो कुरा किन बुझाउनु सक्नुभएन वा अरु नै कारणले मौन बस्नु भो यो उहाँहरूले आउने दिनमा खोल्नुहोला तर यसपटक नेपालले हमासको आतंकवादबाट पीडित देशको रूपमा एउटा अर्को इतिहास रच्ने मौका पाएको थियो । यो मौका देशले गुमायो । हुन् त सबै बिपी कोइराला जस्तै हुने भए त बिपीको महत्व पनि कहाँ हुने थियो र १रु आजका दिनमा नेपालको यो बैमौसमी बिदेश नीतिमाथि बहसको खाचो चाहिं अवश्य छ ।
अब हिजोका दिन देखिएका मार्सल जोसेफ ब्रज, टिटो, जवाहरलाल नेहरु र सुहार्तोको गीत गाएर हिंडनेहरु मात्रै होइनन् रिचर्ड निक्सनले खडा गरेको देङ सिआओ पिङको ग्रेटवालको पर्खाल भित्र पनि ट्याकंले कुल्चेर हजारौं लोकतन्त्रका योद्धाहरुको तेयानम्यान स्क्वायरमा चिहान बनाएको घटना ताजै छ । त्यसैले विदेश नीतिको पुरानो र थोत्रो परिभाषामा होइन सोसल मिडियाले निर्माण गरेको चुनौतीपूर्ण वर्तमानलाई पनि प्रथम विश्वयुद्ध र दोस्रो विश्व युद्धको इतिहासले अब प्रभावित गर्न सक्दैन । यतिबेला हिजोका हिटलर र नाजीहरू छैनन् जसले लाखौं यहुदीहरूलाई ग्यास च्याम्बरमा जलाएका थिए । आज नयाँ नाजीहरू जन्मिएका भने छ्न । कहिले सलमान रुस्दीलाई फतवा जारी गर्छन् त कहिले तसलिमा नसरिन बिरुद्ध फतवा जारी गर्छन् । अब त नयाँ नाजीको रूपमा उदाएका छ्न मुस्लिम ब्रदरहुड, हमास आईएस आईएस, अलकायदा र लस्कर ए तोइवा आदि । त्यसैले आजका दिनमा रुपान्तरणको कुरा गर्नेहरूले देशको विदेश नीतिमा पनि रुपान्तरणको रुख रोप्ने बेला भएको छ । भोल्गा नदीमा धेरै पानी बगेको छ भने ह्वाङ्हो नदीमा झन् नबग्ने कुरा भएन । स्वेज नहरको कुरा वेस्ट बैंक र गाजा पट्टिले पनि देखाएको छ । यहाँ पनि बागमती, गण्डकी र कोशी(कर्णालीमा धेरै पानी बगिसकेको छ । त्यसकारण बदलिनुपर्छ हामीले पनि । केवल परराष्ट नीति मात्रै होईन यो अबको कथाले मागेको कुरा गरिएको हो, कोरा कल्पनाको कथा सुनाइएको भने पटक्कै होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?