विश्व शान्ति र दिगो विकास लक्ष्य प्राप्तिमा राष्ट्रसङ्घको भूमिका महत्वपूर्ण’


 

?

 

काठमाडौँ, १२ कात्तिक : नेपाल भ्रमणमा रहनुभएका संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको सम्मानमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज यहाँ रात्रिभोजको आयोजना गर्नुभयो ।त्यस अवसरमा प्रधानमन्त्री प्रचण्डले २०७२ सालमा संविधानसभाले संविधान जारी गरेपछि सङ्घीय प्रणालीका तीनवटै तहमा लोकतान्त्रिक निर्वाचनअन्तर्गत लगातार दुई चक्रमा भएका निर्वाचनले नेपाललाई शान्ति, स्थायित्व, लोकतन्त्र तथा समृद्धिको मार्गमा अघि बढाएकोे बताउनुभयो ।    शान्ति प्रक्रियाका बाँकी काम पूरा हुने क्रममा रहेका उहाँले जानकारी दिनुभयो ।संयुक्त राष्ट्रसङ्घको बडापत्रका सिद्धान्त नेपालको परराष्ट्र नीतिको मार्गदर्शक सिद्धान्त भएको प्रधानमन्त्रीले उल्लेख गर्नुभयो । “संयुक्त राष्ट्रसङ्घको आह्वानमा नेपालले शान्ति ‘मिसन’मार्फत अन्तर्राष्ट्रियस्तरमा शान्ति स्थापनार्थ गरेको योगदानप्रति हामीलाई गर्व छ । हाम्रो व्यावसायिक एवम् मर्यादित सेना तथा प्रहरीले कठिन परिस्थितिमा पनि निःस्वार्थ भावका साथ सेवा प्रभाव गरेका छन्”, प्रधानमन्त्रीले भन्नुभयो ।नेपालको सामाजिक–आर्थिक विकासमा राष्ट्रसङ्घको सहयोग उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्यलगायत सामाजिक विकासका क्षेत्रमा पु¥याएको सहयोगले दिगो विकास लक्ष्य हासिल गर्न सहज भएको बताउनुभयो ।प्रधानमन्त्रीले इटाली र न्यूयोर्कमा महासचिव गुटेरेससँग भएका पछिल्ला भेटवार्ताको सम्झना गर्दै नेपालको शान्ति प्रक्रियाका निम्ति संयुक्त राष्ट्रसङ्घले गरेको सहयोगको सराहना गर्नुभयो ।समारोहमा सभामुख देवराज घिमिरे, मन्त्रिपरिषद्का सदस्य, पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, डा बाबुराम भट्टराई, माधवकुमार नेपाल, झलनाथ खनाल, मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीको उपस्थिति थियो । संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेता, पूर्वपरराष्ट्रमन्त्री, नेपाल सरकारका उच्चपदस्थ अधिकारी, उद्योगी व्यवसायी, वरिष्ठ सञ्चारकर्मीको उपस्थिति थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?