सोफा उत्पादक सङ्घद्धारा प्रधानमन्त्री दैवीप्रकोप कोषमा डेढ लाख सहयोग


काठमाडौँ, १२ मङ्सिर । देशभरका सोफा उत्पादक व्यवसायीहरुको छाता संस्था सोफा उत्पादक सङ्घले प्रधानमन्त्री दैवीप्रकोप सहायता कोषमा रु एक लाख ४४ हजार ७८० सहयोग गरेको छ ।

सरकारले जाजरकोट र पश्चिम रुकुममा कात्तिक १७ गते गएको भूकम्पबाट पीडित जनताका लागि सहयोग जुटाउन सञ्चालन गरेको प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा सोफा उत्पादक सङ्घले आज रु एक लाख ४४ हजार ७८० सहयोग गरेको हो ।

सङ्घका अध्यक्ष एवम् युवा व्यवसायी तारालाल धरेलले उक्त रकम आज प्रधानमन्त्री दैवीप्रकोप सहायता कोेषमा जम्मा गरिदिनुभएको हो । यसअघि मुलुकमा गएको विभिन्न विपद्का समयमा समेत सङ्घले सहयोग गरेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?