सन्तोष मोक्तानले पाए कान्तिपुर मलको उपहार : यमाहा मोटरसाइकल हस्तान्तरण


काठमाडौँ, २० मंसीर । मुलुकको सङ्घीय राजधानी काठमाडौँको गोँगबु नयाँबसपार्कमा सञ्चालित कान्तिपुर मलले दशैँ, तिहार तथा छठ पर्वको अवसरमा सञ्चालन गरेको उपहार योजनाका प्रथम उपहार विजेता रसुवाका सन्तोष मोक्तानलाई मोटरसाइकल हस्तान्तरण गरेको छ ।

मलले बुधबार एक कार्यक्रमको आयोजना गरि मोक्तानलाई मोटरसाइकल हस्तान्तरण गरेको हो । मलका अग्रज व्यवसायी दिलेन्द्रप्रसाद वस्तीले उनलाई मोटरसाइकल हस्तान्तरण गरेका हुन् ।

होमल्याण्ड इन्भेष्टमेन्ट कम्पनी प्रालिद्धारा विगत १८ वर्षदेखि गोँगबुस्थित नयाँ बसपार्कमा सञ्चालित कान्तिपुर मलले हरेक वर्ष झैँ यसवर्ष सञ्चालन गरेको उपहार योजनामा सन्तोषले मोटरसाइकल उपहार जितेका हुन् ।

उक्त मलले अघिल्लो साता सोमबार उपहारको नतिजा प्रकाशन गरेको थियो । उपहार प्रकाशन गर्दा १९७६३ नम्बर कुपन भएका सन्तोषलाई प्रथम पुरस्कार परेको थियो । उक्त मोटरसाइकलको मूल्य तीन लाख ४० हजार रहेको छ ।

यस्तै, ०४१९६ कुपन भएकी समिक्षा गौतम द्धितीय, ००७७२ कुपन नम्बर भएका उजल राई तृतीय, १७८१२ कुपन नम्बर भएका भुमेश्वरा विक चौँथो, ०३४३४ कुपन नम्बर भएका महेन्द्रप्रसाद जैशी पाँचौ र ०४५८२ कुपन नम्बर भएका नविन पौडेलले सान्तना पुरस्कार प्राप्त गरेका छन ।

मलले द्धितीय पुरस्कार ११३ सीसीको यामाहा स्कुटर, तृतीय पुरस्कार ३२ इन्चको एइडी टिभी, चौँथो पुरस्कार १८५ लीटरको फ्रिज र पाँचौँ तथा सान्वना पुरस्कार डिसहोम फाइवर नेट प्रदान गरेको छ ।

मोटरसाइकल विजेता सन्तोषले उक्त उपहार जित्न पाउदा आफुलाई खुसी लागेको बताउदै कान्तिपुर मलप्रति आभार व्यक्त गरेका छन् ।

कार्यक्रममा कान्तिपुर मलका महाप्रबन्धक अमर निरौलाले मलले विगत १७ वर्षदेखि निरन्तर उपहार योजना सञ्चालन गरिरहेको बताउँदै आगामी वर्षपनि सबैको साथ र सहयोगमा उपहार योजनालाई निरन्तरता दिने बताए ।

उनले कान्तिपुर मलमा आएर सस्तो, सुलभ मूल्यमा गुणस्तरीय सामान खरीद गर्न उनले आग्रह समेत गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?