बोहोराटारको गोल्डेन होराइजन स्कुलमा शैक्षिक मेला तथा खाना प्रतियोगिता सम्पन्न


काठमाडौँ, २३ मङ्सिर । काठमाडौँको बोहोराटारमा सम्पन्न गोल्डन होराइजन एकेडेमी विद्यालयमा शैक्षिक मेला तथा खाना प्रतियोगिता सम्पन्न भएको छ ।

विगत १२ वर्षदेखि काठमाडौँ महानगरपालिका वडा नं १६ बोहोराटारमा सञ्चालित गोल्डेन होराइजन स्कुल तथा ट्वीङ्कल टोयज इन्फन्ट मन्टेश्वरीलेमा विद्यार्थीद्धारा निर्माण गरिएका शैक्षिक सामाग्री प्रदर्शन तथा खाना प्रतियोगिता सम्पन्न गरिएको हो ।

विद्यालयका प्राचार्य महेन्द्र वस्तीले विद्यालयले शिक्षासँगै अतिरिक्त क्रियाकलापलाई समेत अगाडि सारेको बताउनुभयो । “हामीले शिक्षासँगै विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएका छौँ, अरु विद्यालयभन्दा गोल्डेन होराइजन विद्यालय भिन्दै भन्ने सन्देश दिन चाहन्छौँ,”– प्राचार्य वस्तीले भन्नुभयो ।

उक्त विद्यालयले गत कात्तिक १७ गते जाजरकोटमा गएको विनाशकारी भूकम्पका पीडितलाई ज्याकेट, पन्जा, मोजा, टोपी र शैक्षिक सामाग्री सहयोग गरेर सामाजिक उत्तरदायित्वको निर्वाह गरेको थियो ।

विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको सो विद्यालयले ३० भन्दा बढी व्यक्तिलाई प्रतक्ष्य तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गरेको छ भने ३५० भन्दा बढी विद्यार्थीलाई अध्यापन गराउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?