तोलामा ७०० रुपैयाँले घट्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस दिन छापावाल सुन तोलाको एक लाख १६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार छापावाल सुन तोलाको एक लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुन तोलाको एक लाख १५ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको एक हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?