धनुषामा बालिकाको हत्या


धनुषा । धनुषामा एक बालिकाको हत्या भएको छ । सबैला नगरपालिका–९, कुसमहा सतोखरकी ६ वर्षीया बालिका राखी यादवको हत्या गरिएको हो ।

बालिकाको शव नग्न अवस्थामा सतोखर पोखरीनजिक खाल्डोमा जमेको पानीमा गए राति फेला परेको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब निरीक्षक रञ्जन अवालेले जानकारी दिए । बालिकाले लगाएका लुगा पोखरीछेउमा फेला परेको उनले बताए ।

बालिकाको बलात्कार गरी हत्या गरिएको हुन सक्ने इलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल जनकपुरमा लगिएको छ ।

घटनामामा संलग्न भएको आशंकामा दुईजनालाई पक्राउ गरिएको प्रवक्ता अवालेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?