सुनको मूल्य स्थिर, चाँदीको बढेर कारोबार


काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य स्थिर कायम भएको जानकारी दिएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजोकै मूल्यमा कारोबार खुलेको जानकारी दिएको हो ।

 

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार रुपैयाँ छ । यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १८ हजार ४५० रुपैयाँ कायम छ । हिजो बुधवार पनि यही मूल्यको सुनको कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?