पुस १२ देखि पोखरा सडक महोत्सव सुरु


काठमाडौं । ‘२५औँ पोखरा सडक महोत्सव’ यही पुस १२ देखि १६ गतेसम्म आयोजना गरिने भएको छ । फेवातालको आसपास सडकमा महोत्सव गरिने आयोजक रेस्टुरेन्ट एन्ड बार एसोसिएसन ९रेबान०ले जानकारी गराएको छ ।

‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ पोखरा सडक महोत्सव आयोजना गरिँदै आएको छ । आन्तरिक र बाह्य पर्यटकलाई अंग्रेजी वर्षको गन्तव्यस्थल’का रूपमा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको रेबानले जनाएको छ ।

महोत्सवमा नेपाली वेशभूषा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शनी, दोहोरीगीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, वेटर रेस, टग अफ वार, भलिबल प्रतियोगिता, सचेतनामूलक सडकनाटकलगायत कार्यक्रम र प्रदर्शनी गरिने महोत्सव संयोजक विश्वराज पौडेलले बताए ।

महोत्सवबाट ८० लाख रुपैयाँ आम्दानी गर्ने लक्ष्य रहेको रेबान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?