नेप्से २१ अंकले घट्यो


काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । नेप्से २१.०३ अंकले घटेर २०८८.०७ विन्दुमा झरेको छ ।

आज ३०९ धितोपत्र एक अर्ब ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर सात अर्ब ११ करोड १७ हजार ३३ हजार ८२९ रुपैयाँमा कारोबार भएको छ । सेन्सेटिभ इन्डेक्स पनि १।३३ प्रतिशतले घटेर ३९१।३३ विन्दु कायम भएको छ ।

१३ वटा उपसमूहमध्ये आठ वटा उपसमूहको समूहगत सूचक घटेको छ । पाँच वटा उपसमूहको समूहगत सूचक बढेको छ । यसदिन नेप्से घट्दा पनि ६ वटा कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ ।

दुई कम्पनीको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ । ज्योति विकास बैंक बोन्ड २०८७ र नेपाल रिपब्लिक मिडिया सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको हो ।

यस दिन बोटलर्स नेपाल, कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, बीपीडब्लू लघुवित्त वित्तीय संस्था र चिरख्वा हाइड्रोपार लिमिटेडको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?