सुनचाँदीको मूल्य बढ्यो


काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुन तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रतितोला एक लाख २० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेजाबी सुन प्रतितोला एक लाख १९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

संघका अनुसार चाँदी आज एक हजार ४८५ रुपैयाँमा करोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?