घरजग्गा मेला : टोखाको पञ्चेटार र हेपाली हाईटमा घर किन्दा ३० लाखसम्म छुट


काठमाडौँ, १३ पुस । काठमाडौँको भृकुटीमण्डमा चारदिने आठौँ घरजग्गा मेला सुरु भएको छ ।

नेपाल जग्गा तथा आवास विकास सङ्घको आयोजनामा पुस १२ गतेदेखि १५ गतेसम्म सञ्चालन भएको मेलामा विभिन्न कम्पनीहरुले घरजग्गा खरीद गर्दा भारी छुटको व्यवस्था गरेका छन् ।

लामो समयदेखि नेपालको घरजग्गा निर्माणको क्षेत्रमा क्रियाशिल सिडि इनोभेटिभ डिजाइन एण्ड कन्ट्रक्सन प्रालिले टोखाको पञ्चेटार र बुढानिलकण्ठको हेपाली हाईटमा भारी छुटसहित घर विक्रिवितरण गरिरहेको छ ।

सो कम्पनीले हेपाली हाईटमा निर्माण गरेको आकृती कोलोनीमा प्रत्येक घर किन्दा ३० लाख र टोखाको पञ्चेटारमा निर्माण गरेको घरमा प्रत्येक घरमा २५ लाखसम्म छुट दिएको कम्पनीका अध्यक्ष ईन्जिनीयर दिपक कुँवरले जानकारी दिनुभयो ।

उक्त कम्पनीले हेपाली हाईटमा ६ आनादेखि आठ आनासम्ममा निर्माण भएका घर र पञ्चेटारमा चार आनादेखि ६ आना जग्गामा घर निर्माण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?