पोखरा विमानस्थलको ऋण अनुदानमा परिणत गर्न चीनसँग आग्रह गरेको प्रधानमन्त्रीको दाबी


काठमाडौं, चैत १९ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋणलाई अनुदानमा परिणत गर्न चीनसँग कूटनीतिक पहल थालिएको मङ्गलबार घोषणा गरेका छन् ।
प्रतिपक्षी सांसद चन्द चौधरीले बढ्दो घाटा र ऋणको थुप्रोमा पोखरा परेको प्रश्न उठाएपछि प्रधानमन्त्रीले ऋणलाई अनुदानमा परिणत गर्न वार्ता भइरहेको बताएका हुन ।
‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान सञ्चालनका लागि सरकारी–निजी क्षेत्रको सहकार्य अध्ययन गर्न समिति गठन भइसकेको छ, समितिले तयार पारेको प्रतिवेदनका आधारमा उडान सञ्चालनका लागि आवश्यक तयारी गरिनेछ । विमानस्थल, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिएको ऋण अनुदानमा परिणत गर्न कूटनीतिक वार्ता भइरहेको छ, आवश्यक आर्थिक व्यवस्थापनका लागि आवश्यक सबै समन्वय गरिनेछ’, प्रधानमन्त्री दाहालले ससदमा बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?