भियतनामले लाओसबाट पाँच हजार मेगावाट विद्युत आयात गर्ने


हनोई, २१ चैत( एजेन्सीहरु ) पछिल्लो दिनमा औद्योगिक विकासमा तिब्र प्रगति गरिरहेको भियतनामले लाओसबाट सन् २०३० सम्ममा पाँच हजार मेगावाट विद्युत आयात गर्ने जनाएको छ यो खबरलाई लाओसको बिकासको लागि महत्वपूर्ण मानिएको छ ।भियतनामको राष्ट्रिय विद्युत विकास मार्गचित्रमा सन् २०२१–२०३० सम्ममा लाओसबाट विद्युत आयात गर्ने सम्बन्धी प्रस्ताव प्रस्तुत गरिएको छ ।भियतनामी न्यूज एजेन्सीका अनुसार विद्युतको दर र उपयुक्त वातावरण सिर्जना भएपछि भियतनामले आठ हजार मेगावाटसम्म विद्युत आयात गर्नेछ यो उसको देशमा नै खपत हुनेछ ।पछिल्ला वर्षहरुमा भियतनामका मध्य र दक्षिणी क्षेत्रहरुमा विद्युत माग तिब्र रुपमा बढेको छ । सन् २०३० सम्ममा भियतनामले हावा, बायोमास समेतका नवीकरणीय विधिबाट २९ हजार मेगावाट विद्युत उत्पादन गर्नेछ । साथै फोहोर प्रशोधनबाट एक हजार १८२ मेगावाट र सर्वसाधारणका घरहरुमा जडान गरिएका सोलार प्यानलबाट एक हजार ८८ मेगावाट विद्युत उत्पादन पनि हुने गरेको छ ।
–––

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?