सामुदायिक सशक्तीकरणका लागि चिल्ड्रेन रेस्क्यु मिशनुद्वारा अन्तर्राष्ट्रिय गोष्ठी सम्पन्न


 

काठमाडौँ ।      (असन बजार पत्रिका )

बिहीबार राजधानी काठमाडौँको ठमेलस्थित होटल मनाङमा सम्पन्न भएको उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष ज्ञान पन्थले  गर्नु भएको थियो । मोडरेट प्रोफेशर डाक्टर हिमलाल घिमिरे रहनु भएको कार्यक्रममा इम्पावरिङ सेलेक्ट कम्युनिटिज टु फाइट ह्युमन ट्रयाफिकिङ वाइ प्रमोटिङ सोसियल ट्रान्सफर्मेशन एण्ड इकोनोमिस स्टेविलिटी नारा रहेको उक्त गोष्टीमा माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै गैर सरकारी संस्थाले गाउ गाउमा गएर महिला दिदी बाहिनीको पीडा कम गर्नुका साथै बालबालिकाहरुको सेवा गर्नुपर्ने उल्लेख गर्नु भएको थियो ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिलि थापा, चिल्ड्रेन रेस्कु मिशन नेपालका अध्यक्ष ज्ञान पन्थ, अमेरिकी अधिकारकर्मी डाक्टर ब्रायन ब्ल्यांक, प्राध्यापक रिक क्लडबेल, एडम पार्कर, होलि क्लडबेल तथा थाइल्याण्डबाट पत्त्रभादी राहा, समाज कल्याण परिषदका सदस्य सचिव मनोज भट्ट लगायत बिभिन्न संघ-संस्थाका प्रतिनिधिहरु, पत्रकारहरुको सहभागीता रहेको थियो ।


सामाजिक रूपान्तरण र आर्थिक स्थायित्व प्रवर्द्धन गरी मानव बेचबिखनविरुद्ध लड्नका लागि समुदायहरूलाई सशक्त बनाउने उद्देश्यका साथ भएको उक्त गोष्ठीमा सहभागी हुन अमेरिका बाट ४ जना वक्ता आउनु भएको  थियो ।देशका प्राय सबै सीमाका प्रहरी अधिकृतहरूको उपस्थिति रहेको कार्यक्रममा प्रहरी अधिकृतले अनुभव साटासाट पनि गर्नुभएको थियो ।


चिल्ड्रेन रेस्क्यु मिशन नेपालले रत्न मावि गोर्खामा शैक्षिक सामाग्री सहयोग गर्दै आएको छ । यस संस्थाको सहयोगमा विद्यालय सञ्चालन र प्रभावकारी पठनपाठनमा सहज भएको उक्त विद्यालयका प्राध्यापक साधना त्रिपाठीले जानकारी दिनुभयो ।

थप तस्बिरहरू

https://www.facebook.com/100000203676674/videos/942891404296165/

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?