एमालेका सांसदले नाराबाजी गरेपछि प्रतिनिधिसभा बैठक २९ गतेसम्म स्थगित
काठमाडौँ, २७ भदौ सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा बैठक अवरोध नगर्न र न्यूतनम् साझा समझदारी बनाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुलाई आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदले नाराबाजी गर्दै बैठक अवरोध गर्नुभएको थियो । एमालेका सांसदहरुको लगातारको अवरोधपछि सभामुख सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । उहाँले वादविवाद छाडेर संवादका लागि वातावरण बनाउन सबैलाई आग्रह गर्नुभएको थियो । बैठकअघि सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र सांसद खगराज अधिकारीसँग बैठक सहजरुपमा सञ्चालनका लागि छलफल गर्नुभएको थियो । छलफलमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की सहभागी हुनुहुन्थ्यो । प्रतिनिधिसभाको अर्काे बैठक यही भदौ २९ गते दिउँसो १ बजे बस्नेछ ।
प्रतिनिधिसभा बैठक प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को अवरोधका कारण १५ मिनेटका लागि स्थगन भएको थियोआजको बैठक सुरु हुनेबित्तिकै एमालेका सांसदहरुले नाराबाजी गर्दै अवरोध गर्नुभएको थियो । एमालेले यस अधिवेशनको प्रारम्भदेखि नै आफ्नो पार्टीले कारवाही गरेका सांसदलाई प्रतिनिधिसभा प्रवेशमा रोक लगाउनुपर्ने मागसहित विरोध गर्दै आएको छ ।बैठक अवरोधपछि सभामुख अग्निप्रसाद सापकोटाले बैठक सहजरुपमा सञ्चालन गर्नका लागि पटकपटक आग्रह गर्नुभएको थियो । एमालेका सांसदको लगातारको बैठक अवरोधपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लागि स्थगित गर्नुभएपछि बसेको बैठकमा नया मिति बैठककोलागि तोकिएको थियो ।