एआईभी सङ्क्रमित प्रेमिका


केटी असल छे । यतिको केटी पाउनु तेरो भाग्य हो । विचार गर है केटा’ नत्र अर्कैले उछिट्याई देला । राम्रो मान्छेमा सबैको नजर पुग्नु स्वभाविक हो । ऊ घरकी कान्छी छोरी आमा बाबुको मायामा पुलपुलिँदै हुर्केकी तर पनि अरू भन्दा फरक छे ।

ऊ आफ्नो करियरलाई पहिलो प्रथामिकतामा राख्छे । त्यसैले ऊ त्यो समाजको अब्बल केटी मानिन्छे । जीवनमा दोस्रो हुन जानेकी छैन । प्रतिस्पर्धाको पहिलो नम्बरमा आफ्नो नाम दर्ज गराउन सफल केटी हो । केटाहरू उनका लागि मरिमेट्छन् । अरूले उछिट्याइदेला भन्ने चिन्तामा छन् । सबैले लाइन मार्छन् तर अगाडि आएर बोल्ने तागत, सामाथ्र्य कोही सँग छैन ।

मरिना मध्यम वर्गीय परिवारमा हुर्केर पनि समाजमा हाइहाई कमाएकी छे । स्कुलदेखि कलेजसम्म फ्रीमा पढ्न पाएकी छे । यो मरिनाको क्षमताको कदर गर्दै सक्षम केटी भनेर पाएको सुविधा हो । यो सुविधालाई भरपुर प्रयोग गरेकी छे । यसमा दुई मत छैन । त्यसैले मान्छे केही उनको रूपमा जल्ने गर्छन् । केही उनको प्रगतिमा जल्ने गर्छन् । यात्रा जति कठोर होस्, त्यसलाई पार गर्नुको मज्जा बेग्लै छ । यात्रा एउटै रफ्तारमा निरन्तर चलिरहेको छ ।

 

ऊ कलेजबाट घर फकिँदा जहिल्यै विवहाको फरक फरक प्रस्ताव आउँछ । कहिले पीआर वाला, कहिल्य सैनिक अधिकृत, कहिल्य ठूल्ठूला घरनाको बिज्नेस म्यानको । अब ऊ पन्छाउन नसक्ने भइसकेकी छ । बूढेसकालका आमा बाबुको कुरा काट्न कठिन हुँदै जन्छ ।

अति भएपछि बुबाआमा पनि छोरी देख्न साथ मुन्टो भुइँतिर फर्काउन थाल्छन्, छोरीको भविष्यप्रति चिन्ताले । आफू छँदै छोरीको घरबार हेर्ने धोको उनीहरुमा हुन्छ । यो अभिभावको सन्तानप्रतिको एउटा कर्तव्य पनि हो ।
प्रतिदिन माग्न आउनेको सङ्ख्या बढेको हुन्छ । तर उनले कसैलाई हुन्छ भनेर सहमती दिन्नन । अति भइसकेको थियो । आमा बुबाको मन दुखाउने चाहना उसको हुँदैहोइन ।
एक दिन अचानक उसले तपाईंहरूले भनेको केटासँग विवहा गर्न मञ्जर छु भन्छे ।
छोरीको यस्तो अपत्यारिलो प्रस्ताव सुन्नेवित्तिकै आमाबुवा चकित हुन्छन् । अनुहारमा लागेको ग्रहण हट्छ र उनीहरुका मुहारमा एकाएक चमक देखिन्छ । उसले भन्छे तपार्इंहरूले भनेको केटासँग म विवहा गर्न तयार छु तर मलाई एक पटक कुरा गर्न दिनुस् ।

त्यो दिन जब ऊ कलेजबाट घर फर्की उसले परिचित अनुहारदेखि वास्ता गरिन । पछि आमा छोरीको कोठामा आइन् र भनिन् त्यो केटा तँलाई माग्न आएको हो । हरेक दिन आउने त्यो केटा समाजसेवी खडानन्दका कान्छो छोरा थियो । उसले जमानामा जिस्क्याउँदा झापड हानेकी रैछे । स्मरण गरी ठीक छ । मसँग कुरा गर्न पठाइदिनु म कुरा गर्छु ।
आमाले केटालाई भित्र जान अनुरोध गरिन । भित्र गुनगुन भयो । केटा रातो अनुहार बनाउँदै बस्यो । हैन तपाईंले मसँग के देख्नुभयो । यो सहरमा अरू केटी छैनन् रु किन मरिहत्ते गर्नुहुन्छ । आखिरमा मेरो सोझा आमा बुबालाई दबाब दिएर जितेर छाड्नु भयो हैन रु

ममा के छ र यस्तो मेरो जवानीलाई देखेर लालयित भाको हो रु उसले उत्तर दिन्छ, हैन म भित्रैदेखि माया गर्छु । ओके त्यसो भए मेरो एउटा प्रस्ताव छ । मान्नु हुन्छ, रु उसले मुन्टो हल्लाउँछ । यो सहरमा धेरै राम्रा केटी छन् । तपाई किन मलाई मात्र देख्नु हुन्छ रु उसले भन्छ म तिमीबाहेक कसैसँग विवाह गर्दिन,
केटी स् ओके म तयार छु जीवनभर साथ दिनुपर्छ ।
केटा स् राजी हुन्छ ।
केटी स् पक्का हो नि ।
केटा स् हो ।
मैले विवहा गर्न नचाहेको एउटै कारण थियो
म एचआईभी सङ्क्रमित हुँ । केटा केहि नबोली जुरुक्क उठेर हिँड्छ । त्यो दिनदेखि कोही पनि फर्केर उनको घरमा आउँदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?