हुने भयो दुबै तहको निर्वाचन, निर्वाचन गर्न तीन दल सहमत


काठमाडौँ, १ भदौ । प्रमुख तीन दलले केन्द्र र प्रदेशको निर्वाचन एकै दिन गर्ने सहमति गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको तीन दलको बैठकमा नेपाली काँग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र ले दुवै तहको निर्वाचन एकै दिन गर्नका लागि निर्वाचन आयोगलाई आग्रह गर्ने निर्णय गरेको बैठकपछि काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले जानकारी दिए । उनले प्राविधिक र कानुनी विषयमा आयोगसँग बिहीबार थप छलफल गर्ने सहमति भएको जानकारी दिए ।

एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आगामी मंसिर १५ गतेभित्र दुवै तहको निर्वाचन गर्न तीन दलबीच सहमति भएको बताए ।

त्यस्तै, तीन दलबीच आगामी भदौ ४ गतेभित्र संविधान संशोधनको विषयलाई टुंगोमा पु¥याउने सहमतिसमेत भएको छ । आगामी असोज २ गते प्रदेश नं २ मा हुने स्थानीय तहको निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गर्न पनि तीन दल सहमत भएको उपनेता नेम्वाङले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?