काँग्रेस नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम देउवा अस्पतालमा


काठमाडौँ, १ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएका छन् ।

बुधबार बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उनले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए ।

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिए ।

नेता निधिको बुधबार बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिए । चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?