पत्रकार महासङ्घ चुनावी सरगर्मी आचार्य, कोइराला र मगर चुुनावी मैदानमा


काठमाडौँ, २ भदौ । मुलुकमा व्यावसायिक पत्रकारिताको विकास तथा पेशागत हित र अधिकारका लागि नेपाल पत्रकार महासंघको आइतबार र सोमबार हुने महाधिवेशनमा गोविन्द आचार्य, तीर्थ कोइराला र उजिर मगर चुनावी मैदानमा उत्रने भएका छन् ।

निर्वाचनमा आचार्य र कोइरालाले उम्मेद्वार घोषणा गरिसकेका छन् भने मगरले पनि यसअघि नै आफ्नो उम्मेद्वार रहने बताएका छन् । मगर महासंघका वर्तमान महासचिव हुन् । जसमा तीनैजना उम्मेद्वारले आफ्नो समूहको नेतृत्व हुनुपर्नेमा अध्यक्षका दुई प्रत्याशीले जिकिर गरेका छन् ।

उम्मेदवार तीर्थ कोइराला र गोविन्द आचार्यले र उजिर मगरले पत्रकारको सेवा सुविधा तथा वृत्तिविकासमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै दुई जनामा जसले जिते पनि मिलेर काम गर्ने बताए ।

कोइरालाले व्यावसायिक पत्रकारितामा क्रियाशील सञ्चारकर्मीलाई सामाजिक सुरक्षा आफ्नो पहिलो प्राथकितामा रहेको बताउँदै उनीहरुको निवृत्तिभरणको व्यवस्थाका लागि सम्बन्धित ठाउँमा दबाब दिइने बताउनुभयो । “जुन सञ्चारगृह काम गरेको हो त्यही सञ्चारगृहले पत्रकारलाई क्षमताअनुसार पेन्सन दिनुपर्छ”, उनले भने ।

 

अर्का उम्मेदवार आचार्यले पत्रकारको संख्यात्मक वृद्धि भए पनि गुणस्तरमा वृद्धि हुन नसकेको बताउँदै व्यावसायिक विकासका लागि पत्रकारको दक्षता वृद्धि गर्ने कार्यक्रम आफ्नो योजनामा रहेको जानकारी दिए । अर्को उम्मेद्वार मगरले श्रमजिवी पत्रकारको हक हितका लागि आफ्नो उम्मेद्वार हुने बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?