रु ४० करोड ठगेर बेपत्तारु ४० करोड ठगेर बेपत्ता


पोखरा— पोखरा लेखनाथ महानगरपालिका–१४ चाउथेमा बस्दै आएकी एक महिला  व्यवसायी, आफन्त र छिमेकीलाई झण्डै रु  ४० करोड ठगेर बेपत्ता भएकी छन् । डेढ दशकअघिदेखि  धेरैसँग पैसाको लेनदेन र कारोबार गरेर मन जित्दै आएकी  स्यांजा भाटखोला घर भई चाउथेमा बस्दै आएकी ४२ वर्षीया देवकुमारी भुजेल ५३ जनालाई ठगेर भागेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । पोखराको बिरौटा बस्दै आएकी प्रमिला रानाभाटले भुजेलले आफ्नो रु दुई करोड ठगिएको बताउनुभयो । पन्ध्र वर्षसम्म उनीहरुसँग आपूmले लेनदेनको व्यवहार गर्दै आएकामा बेलाबेलामा लगेको पैसाको व्याज समयमै दिने र मागेका समयमा पैसा पनि फिर्ता गरिहाल्ने गरेकाले आपूm विश्वासमा परेको उहाँले बताउनुभयो । स्यांजा घर भई बगाले टोलमा बस्दै आएकी निर्मला शर्मा पराजुलीले आपू रु ९० लाख ठगिएको बताउनुभयो । अनेक बहाना गरेपछि आपूmसँग भएको रु ८२ लाख र भाइसित मागेर रु आठ लाख  निजलाई दिएको जिकिर गर्नुभयो ।  यस्तै बिरौटा बस्ने गायत्री अर्यालको रु ३५ लाख र मासवारकी सुशीला सिग्देलको रु १० लाख लिएर भुजेल भागेको प्रहरी प्रवक्ता खत्रीले बताउनुभयो । भारतीय सेनाबाट सेवानिवृत्त लक्ष्मण थापा, एक छोरा र दुई छोरीसहित उनी बेपत्ता भएपछि ठगिएका महिलाले उनको खोजी गर्न प्रहरी कार्यालयमा निवेदन दिएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?