‘सिरियामा सैन्य समाधान सम्भव छैन’


मस्को, रसिया: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका रसियाली समकक्षी भ्लादिमिर पुटिनबीच सिरियामा जारी द्वन्द्वको अन्त्य गर्न सैन्य समाधान सम्भव नहुने कुरामा सहमत भएका रसियाली प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ ।

सिरियामा जारी द्वन्द्व समाधानका लागि विश्वका दुई शक्तिशाली नेताबीच एसिया–प्रशान्त क्षेत्रका उच्च अधिकारीको सम्मेलनका अवसरमा भेट भएको र उनिहरूबीच सिरिया लगायत विश्वका समसामयिक बिषयमा शनिबार छलफल भएको क्रेमलिनले जनाएको छ ।

क्रेमलिनको वेबसाइटमा उल्लेख गरिएको छ, “दुई नेताले सिरियामा जारी युद्धको सैन्य समाधान नभएको तर इश्लामिक आतङ्कवादी जिहादी समूह ९आइएसआइएस० लाई परास्त गर्ने विषयमा दृढ सङ्कल्प व्यक्त गरेका छन् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?