साउदी अरेबिया नेतृत्व गठबन्धनले लगाएको नाकाबन्दीप्रति राष्ट्रसंघको चासो


संयुक्त राष्ट्रसंघ,साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनमा लगाएको नाकाबन्दीप्रति संयुक्त राष्ट्रसंघीय एजेन्सीहरुले चासो व्यक्त गरेका छन् ।

साउदी अरेबियाको सेनाको नेतृत्वको अरब देशहरुको गठबन्धनले यमनमाथि नाकाबन्दी लगाएका थिए । उक्त गठबन्धनले यमनमाथि सडक, समुद्री र हवाई मार्गमा समेत नाकाबन्दी लगाएको छ ।

आर्थिक नाकाबन्दीका कारण यमनमा आधारभूत आवश्यकताहरुमा समेत आपूर्तीको समस्या उत्पन्न हुन थालेको भन्दै यो अवस्थाको अन्त्यका लागि अपिल समेत गरेको छ ।

राष्ट्रसंघले नै यस विषयमा गम्भीर रुपमा चासो व्यक्त गरेको राष्ट्रसंघीय महासचिवका प्रवक्ताले शुक्रबार प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

यमनमा रहेको राष्ट्रसंघीय बालकोषका प्रतिनिधिले यस नाकाबन्दीका कारण यमनी बालबालिकाका लागि आवश्यक पर्ने खोप लगायतका विभिन्न सामाग्रीको आपूर्तीका लागि पनि समस्या उत्पन्न भएको जनाएका छन् ।

विश्व स्वास्थ्य संगठनले यमनमा अहिलेकै अवस्था कायम रहने हो भने केही दिनपछि नै औषधिको आपूर्ती समेत हुन नसक्ने जनाएको छ । भने विश्व खाद्य कार्यक्रमले खाद्यान्न आपूर्तीमा समस्या हुने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?