मुलुक हिन्दू राष्ट्र हुन आवश्यक भन्दै पशुपतिनाथमा विशेष पूजा


विवश काफ्ले ।हिन्दु राष्ट्रको माग गर्दै आज एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी(राष्ट्रवादी)ले पशुपतिनाथको मन्दिरमा विशेष पूजा गरेको छ ।

पार्टी अध्यक्ष डा प्रकाशचन्द« लोहनीले मन्दिर परिषरमा पूजाको शुरुवात गर्दै मुलुकमा पाँच हजार वर्ष पुरानो हिन्दू सभ्यता र संस्कृतिको अभ्यासलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका छन ।

लोहनीले देशमा बढदै गएको वैदेशिक रोजगारका लागि युवा विदेश पलायनलाई न्युनिकरण गर्नमा जोड दिदै राष्ट्रिय चरित्र भएका संस्था र राष्ट्रवादी दलकाबीच समन्वय गरी मुलुकको राष्ट्रियता बलियो बनाउनका लागि र जनतालाई आर्थिक अभिवृािद्धका लागि उन्मुख बनाउनका लागि आफ्नो पार्टिले उद्देश्य सहित विभिन्न कार्यक्रमहरु अगाडि बढाएको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?