भिडन्तका लागि तयार शेरबहादुर


डा. उदयगुरुङ
राष्ट्रिय सभाको चुनाव सम्बन्धि विधेयकलाई लिएर एमाले अध्यक्ष खड्ग ओली जस्ता प्रकारले मैदानमा ओर्लिएका देखिए कांग्रेस अध्यक्ष तथा प्रधानमन्त्री शेरबहादुर देउवा पनि भिडन्तका लागि तयार भेटिएका छन् । यसमा रोचक र रमाइलो पक्ष के छ भने यो भिडन्तमा शेरबहादुर देउवाबाट खड्ग ओली न राम्रोसँग पच्छारिने निश्चित छ । यसमा विडम्बना र दुर्भाग्यको अध्याय चाहिं के भइरहेको छ भने यस खालको ‘कुर्सीकलह’लाई भने नेपाली जनताले पटक्कै चाहेका छैनन । किनभने नेपाली जनता विगतको ०४६ साल जनआन्दोलन यताको २६ वर्षमा २५ पटक र ०६३ को जनआन्दोलन यताको १० वर्षमा ११ पटक मन्त्रिमण्डल गठन विघटनको फोहोरी भागवण्डा राजनीतिबाट धेरै नै दिक्क वाक्क भइसकेका छन् । त्यसै कारण नै ०१७ सालको प्रतिगमन यता महेन्द्रको रिकुटे र वीरेन्द्रको जनमत संग्रहमा निर्दलको झोले भएको इतिहास हुँदा हुँदै पनि ठूलो रिक्स लिएर नेपाली जनताले यस पटक कम्युनिष्टहरुलाई सत्ताको शिखरमा पु¥याइ दिएका हुन् । यो तथ्यलाई नजर अन्दाज गरेर दुई चार सांसदका लागि खड्ग ओली उनैको भाषामा मोहनबहादुर बस्नेतको शैलीमा शेरबहादुरसँग तिघ्रा ठटाउँदै भिड्न तर्सिनु उनैका लागि ठूलो जोखिम हुने पक्का छ ।
प्रधानमन्त्रीका पक्का प्रत्यासी बनेका खड्ग ओली कुर्सीमा पुग्नु अघि नै सशक्त प्रम्ख प्रतिपक्षी नेता हुन गइरहेका शेरबहादुर देउवासँग जसरी पौडेजारी खोलिरहेका छन् । एकदम गलत गरिरहेका छन् । खडुग ओलीलाई यस खालको पच्छारिने कुस्तिमा सामिल भएका भेटिनुले बिहानीले दिनको संकेत गर्छ जस्तो भएको छ । राष्ट्रपतिले पनि संविधानको मर्मलाई लत्याएर उनैले भनेको मानि हिड्नु पर्ने र शेरबहादुर देउवाले पनि आफ्नो प्रम्ख प्रतिपक्षको भूमिकालाई विर्सेर उनैले भने जस्तो गरिदिनु पर्ने यस्तो अधिनायकवादमा मात्र सम्भव हुन्छ । लोकतन्त्र गणतन्त्रमा त संविधान हुन्छ । विधि प्रक्रिया हुन्छ । विधि र प्रक्रिया मिचेर दादागिरी शैलीमा आफ्नो मात्र कुरा लाद्न पाइदैन । जुन लगभग खड्ग खोली त्यस्तै चरित्र र प्रवृत्ति देखाइरहेका छन् । खड्ग खोलीको यस्तो प्रधानमन्त्रीको कुर्सीमा पुग्नु अघिको यस खालको सोच, समझ, नियत, कतै भोलिको उनको शासनकालको संकेत त होइन् ? गम्भीर प्रश्न टड्कारो उपस्थित भएको छ । कतैं आम कांग्रेसी नेतृत्वले निर्वाचनका बखत बहु प्रचार गरेका ‘अधिनायकवाद’ को आशंका प्रमाणित हुने लक्षण त होइन भन्ने पनि कुराहरु हुन थालेका छ ।
तथ्य एकदम अकाट्य र प्रमाणित छ । नयाँ संविधान–०७२ मा प्रधानमन्त्रीले लगेको कुनै पनि विधेयकलाई राष्ट्रपतिले रोक्न मिल्दैन । सरकारले जब एकल सक्रमणीय आधारमा राष्ट्रिय सभाको चुनाव भनेर विधेयक लगिसकेको छ भने त्यसलाई रोक्न कुनै पनि हिसावले मिल्दैन । एउटा काम राष्ट्रपतिबाट हुन सक्दथ्यो । संविधानका आवश्यक धारामा टेक्न छुटेको रहेछ भने त्यसलाई मिलाएर ल्याउन भनेर फिर्ता पठाउनु सकिन्थ्यो । त्यसका लागि संविधानले १५ दिनको समय तोकिएको पनि छ । तर दुई दुई महिनासम्म राष्ट्रपतिले सिरानीमा रोक्न मिल्दैन । त्यो संविधानको भावना र मर्म विपरित मात्र हुँदैन कि गैर संवैधिानक पनि हुन्छ । आफुनो पार्टीको कोटाको राष्ट्रपति भनेर खड्ग ओलीले त्यस्तो गैर संवैधानिक दवाव सिर्जना गर्न मिल्दैन राष्ट्रपति भई सकेपछि कुन दलको कोटा भन्ने रहनन । यस प्रकरणले त कांग्रेसले लगाएको ‘अधिनायक वाद’ कै आरोप नै पुष्टि भरहेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपतिको अर्धेलोलाई लिएर राष्ट्रियमान्यता प्राप्त पाँच दलको सर्वदलीय बैठक सम्पन्न गरिसकेका छन् । एकल संक्रमणीयको आफ्नो अडान उनले छोडेका छैनन । खड्ग खोलीले पनि आफ्नो अडान न छोडेर सर्वदलीय बैठक अर्थ विहीन हुन पुग्यो । निर्वाचन सम्पन्न पछिको पहिलो सर्वदलीय बैठक नै असफल हुनु भनेको कतै भोलिको विकास अभियानका लागि कालो विरालोले बाटो काटि दिएको जस्तो असुभ भएको त होइन् ? स्थिर सरकार र विकासको अपेक्षा राखेर ‘वामगठबन्धन’लाई अध्याधिक बहुमत पु¥याइदिने मतदाता रनभूल्लमा परेका छन् । यस्तै कुर्सी कलहका न चाहिंदा भागवण्डा किचलो मै आउँदा दिनहरु पनि खेर जाने त होइनन् भन्ने आम मतदातामा आशंका उठ्नु स्वभाविक भएको छ ।
यो प्रकरणमा सबैभन्दा ठूलो फजिति चाहिं वकिल समाजमा देखियो । राजनीतिक विश्लेषक भएर निहित स्वार्थी दुनो सोझुयाउन पल्केकाहरुले आ–आफ्नो खेमाको वकालत गर्नु त त्यति अस्वभाविक मान्न परेन । तर जो संविधानको दुहाई दिंदै कानुनका किताव बाकेर न्यायकर्मी व्यवसायी भएका छन्, तिनहरुलाई पनि पक्ष विपक्षमा वकालत गरिरहेका भेटनिु चाहि ज्यादै दुर्भाग्यपूर्ण अध्याय हो । किनभने यस मुद्दामा कानुनका जति सिङ्ग भए पनि दुईटा कुरा हुने कुनै ठाउँनै छैन । संविधानको विषयमा कुनै अध्ययन न भएका आम मतदाताले समेत खुलस्त हुने गरी छर्लङ्ग बुझ्न सक्ने यस्तो एउटै मात्र अकाट्य तथ्यमा कानुनी व्यवसायीलाई दुईखेमामा बाडिएका भेटिनु व्यवसायकै हदैसम्मको फजिति हो ।
निष्कर्षमा जबसम्म राष्ट्रिय सभाको निर्वाचन सम्बन्धि विधेयक अध्यादेश मार्फत् लागू हुँदैन, तबसम्म राष्ट्रिय सभाको चुनाव सम्भव हुन्न । राष्ट्रिय सभाको चुनाव नभई संसद पूर्णता पाउँदैन । संसदले पूर्णता न पाउँदै प्रधानमन्त्रीलाई राजीनामा न दिने अडान देउवाले लिएपछि त्यस हालतमा नयाँ सरकार बन्ने बाटो खोल्नु ओली आफ्नो अडानबाट पछि हट्नै पर्छ । ओली कस्तो विचित्र स्थितिमा देखिएका छन् भने आफू प्रधानमन्त्री हुने बाटोलाई आफै तगारो भइरहेका छन् । ओलीको यस खालको विचित्रको स्थितिका लागि कतै पुष्पकमल दााल ‘प्रचण्ड’ को चलखेलले काम गरेको त होइन भन्ने पनि अबका दिनमा मिडिया खेती हुने निश्चित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?