‘वामगठबन्धन’मा कलह प्रारम्भ


डा. उदय गुरुङ
नेपाल कम्युनिष्ट आन्दोलनलाई जनाधार पाउन प्रारम्भिक सुरुवात ०४६ को जनआन्दोलनका कमाण्डर गणेशमान सिंहले भूमिका गरिरहेका थिए । होइन भने त्यस अघि नेपाली कम्युनिष्टहरुको छवि अत्यन्त दुर्नामपूर्ण थियो । ०१७ सालको प्रतिगमनपछि राजा महेन्द्रका रिकुटे बनेका र ०४६ सालको जनमत संग्रहमा निर्दलका कारिन्दा बनेका कम्युनिष्टहरुको इतिहास हो ।
मदन भण्डारीको उदय, हुनु अघिसम्ममा नेपालमा ‘रुसपन्थी’ र ‘चीनपन्थी’ कम्युनिष्टहरु मात्र थिए । ‘नेपाल पन्थी’ बनेका पुष्पलालको मोहन विक्रम सिंह जस्ताहरुबाट
‘गद्धार पुष्पलाल’ संज्ञा पाएर इतिहास लुकेको थियो । मनोमहन अधिकारी, जस्ता एकथरी थिए जो आफूलाई ‘चीनपन्थी’ को रुपमा चिनाउँथ्ये । उपचार गर्नु प¥यो या अन्य कुनै राजनीतिक सल्लाह लिनु प¥यो भने चीन धउथे । केशर जंग रायमाझीहरु जस्ता अर्काथरी थिए जो ‘रुसपन्थी’ का रुपमा आफूलाई चिनाउँथे । चीन र रुसका सत्ताधारी कम्युनिष्ट नेताका कुरा सुनेर ‘नेपाल नीति’ बनाउथ्ये । कम्युनिष्टहरुको मूल नारा ‘अन्तर्राष्ट्रिय वाद’ अहिले हराएको छ । तर केशरजंग राममाझी मनमोहन अधिकारीका पालासम्म यो नारा खुव चलेको थियो । केशर जङ्ग रायमाझीको आत्म वृतान्त बजारमा उपलब्ध छ । त्यहाँ उनले माओत्सेतुङको सल्लाह बमोजिम ‘महेन्द्रपथ’मा हिडेको लेखेका छन् ।
०४६ साल उतासम्म नेपालका कम्युनिष्टहरु २०÷२२ टुक्रामा विभाजित थिए । हुने खाने परिवारका विश्वविद्यालय पढ्दै गरेका युवाहरु दुई चार जना भेला भएर माक्र्स लेनिन, माओत्सेतुङका पाठ्यक्रममा गफ गर्दा गर्दै कम्युनिष्ट पार्टी खोल्न पुग्दथे । दुई चार दिनसँगै काम गथ्र्ये माक्र्स लेनिन, माओत्सेतुङका विषयमा सानो फरक समझ हुना साथ अर्को पार्टी घोषणा गरिहाल्दथ्ये । पुष्पलाल श्रेष्ठ जस्ता नेपालमा कम्युनिष्ट आन्दोलनका संस्थापकलाई ‘गद्धार’ संज्ञादिन थाल्नु भनेको त्यस्ता फरक समझका पार्टीको कुनै तुक हुँदैन थियो । प्रकारान्तरले २०÷२२ जति पनि कम्युनिष्ट पार्टीका चिराहरु थिए ती सबैका भूमिका सत्ता तालुकदारीमा सिमित भएको थियो । ०४६ सालको जनआन्दोलनबाट सफल तुल्याउन कांग्रेसी जमातबाट मात्र सम्भव नहुने गणेशमानले प्रष्टै देखेका थिए । दोस्रो पुस्ताका नेता भनेर अघि सारेका शिवबहादुर खड्का वीपीन कोइरालाहरुनै जाँचबुझबाट पालिएर बहुदलवादीमाथि ढुङ्गा हान्न थालेका भेटिएपछि कांग्रेसी जमातको भरमा मात्र आन्दोलन सफल हुने सम्भावना थिएन पनि । त्यसै कारण गणेशमानले सबै कम्युनिष्टहरुलाई एक भएर जनआन्दोलनमा सहभागी हुन आह्वान गरे । पुष्पकमलकी धर्मपत्नी साहाना प्रधानको संयोजकत्वमा प्रमुख ७ घटक एकजुट भएर ‘वाम मोर्चा’ अस्तित्वमा आयो । त्यही एकताको प्रतिफल ०५१ को मध्यावधि आउँदा सम्म त नेपाका कम्युनिष्टहरु संसदमा नेपाली कांग्रेस भन्दा ठूलो शक्तिका रुपमा देखा प¥यो । यसरी हेर्दा ‘वाम गठबन्धन’ लाई यस पटकको ‘महानिर्वाचन ०४७’ मा जुन जनलहर देखियो त्यसको जग गणेशमानसिंहले निर्माण गरिदिएका देखिन्छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) एक भएर चुनावमा गएकै कारण सफलता हात लागेको प्रष्टै छ ।
विश्वमा कम्युनिष्टहरुप्रतिको एउटा धारणा लगभग स्थापित छ । कम्युनिष्ट विचारधाराको मौलिक चरित्र भनेको ध्वंसात्मक हो । यथास्थितिलाई भत्काउन कम्युनिष्टहरु सफल हुन्छन् । तर जब तर निर्माण र विकासको चरण आउँछ, कम्युनिष्टहरु सफल हुँदैन । रुसको विखण्डनले यो तथ्य पुष्टि पनि भयो । चीनको विकास भएको कम्युनिष्ट विचारधाराको मौलिक चरित्रलाई त्यागेर मात्र हो । नेपालका कम्युनिष्टहरु भने अझै आफ्नो मौलिक चरित्रबाट माथि उठ्न नसकेका घटनाक्रमहरुले पुष्टि गर्दछ । पाँच वर्ष स्थिर सरकार दिने भनेर अत्याधिक बहुमतमा पुगेको वाम गठबन्धन विकास निर्माणको भूमिका निर्वाहमा भने कलहमा स्खलित हुने संकेत देखा पर्न थालिसकेको छ । पहलिो समाचारअनुसार वामगठबन्धनका दुई नायक कमरेड प्रचण्ड र खड्ग ओलीबीच पार्टी एकीकरणको सवाललाई लिएर खटपट प्रारम्भ भइसकेको छ । मिडियामा आएको समाचारअनुसार एकीकृत पार्टीका तर्फको प्रधानमन्त्री खड्ग खोली हुने भएपछि पार्टी अध्यक्ष करमेड प्रचण्ड हुनुपर्ने दावी अघि सारिएको छ । तर माओवादी केन्द्रको यस्तो प्रस्तावलाई ओली मानिरहेका छैनन । समाचारअनुसार यो कलह यति घनीभूत भइसकेको छ कि प्रचण्ड ओलीबीचको सम्वाद नै सौहार्दपूर्ण हुन छाडि सकेको छ । कमरेड प्रचण्ड चार दिन चितवनमा अलमलिएर मोर्निङवाक गरिरहेका समाचारमालाई यसै तथ्यको पुष्टिका रुपमा हेरिएको छ । दुईवटा तथ्यले पनि वामगठबन्धन कलह प्रारम्भ भइसकेको प्रमाणित हुन्छ । ‘प्रचण्ड सेरोमेनियल हुँदैनन्’ नारायणकाजीले प्रेसलाई भने । उनको यस्तो भनाइको तात्पर्य राष्ट्रपति पद होइन । पार्टी सभापति या प्रधानमन्त्री दुईमध्ये एक पद भन्ने हो । यसको जवाफमा खड्ग ओली उपेन्द्र यादवको समाजवादी फोरमसँग सत्ता साझेदारीको कुरा गर्न पुगेका मिडियामा समाचार आयो ।
बामगठबन्धनका प्रधानमन्त्रीका उम्मेदवार माओवादी केन्द्र इतरसँग सत्ता गठबन्धनको कुरा गर्न पुग्नु भनेको कलह विस्फोट हुने चरणमा पुग्न लागेको समाचार हो । वामगठबन्धनका कलह विस्फोट भयो भने राजनीतिक स्थिरताको जुन अपेक्षा बहुमत मतदाताले राखेका थिए, त्यो भताभुङ्ग हुनेछ । मुलुक फेरि झन घातक अस्थिरता, भष्टाचार, आर्थिक दिवालीमा पुग्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?