सलमानसँग काम गर्दैछिन् जेनिशा ?


नेपाली फिल्मबाट खासै ठूलो सफलताको पोको हात पार्न नसकेकी नायिका जेनिशा केसी अहिले बलिउडमा जम्ने तयारी गरिरहेकी छिन् ।  चाँडै उनी बलिउड अभिनेत्री प्रियंका चोपडा निर्मित भोजपुरी फिल्म ‘काशी अमरनाथ’मा देखिँदैछिन् ।
 बलिउड कलाकारसँग हिमचिम बढाउँदै गएकी जेनिशाको मंगलवार साँझ बलिउड सुपरस्टार सलमान खानसँग भेट भएको छ । सलमानसँग भेट गरेका केही तश्वीरहरु जेनिशाले फेसबुकमा अपलोड गरेकी छिन् ।
 तश्वीरसँगै उनले क्याप्सनमा सलमानसँग भेट गर्नुको खास कारण चाँडै जानकारी दिने बताएकी छिन् । जेनिशा र सलमानको भेट मुम्बईको एक स्टूडियोमा भएको हो । के जेनिशा सलमानसँग कुनै प्रोजेक्टमा सँगै काम गर्दैछिन् ? यो भने भोलीका दिनमा थाहा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?