जाम्बियाका विदेश मन्त्रीको राजीनामा


लुसाका: जाम्बियाका राष्ट्रपति इड्गर लङगुको कार्यालयले बुधबार विदेश मन्त्रीले राजीनामा दिएको जनाएको छ ।
विदेश मन्त्री ह्यारी कालाबाले दिएको राजीनामा कार्यालयलाई प्राप्त भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता अमोस चान्डाले जानकारी दिनुभयो ।
मन्त्री कालाबाले आफ्नो पदिय जिम्मेबारीबाट आफू मुक्त भएको उहाँले सामाजिक सञ्जाल फेसबुकबाट पनि सार्वजनिक गर्नुभएको थियो ।
भिडियो सन्देशमा उहाँले आफूलाई विदेश मन्त्रीका रूपमा देशको सेवा गर्ने अवसर दिनु भएकोमा जाम्बियाका नेताहरूलाई धन्यबाद पनि ज्ञापन गर्नुभएको छ ।
कालाबाको राजीनामालाई लिएर जाम्बियामा मिश्रित प्रतिक्रिया आएको छ । आम नागरिकहरूले कतिपयले स्वभाविक रूपमा लिएका छन् भने कतिपयले नराम्रो मानेका छन् ।
अहिलेको सरकारबाट बाहिरीनेमा उहाँ तेस्रो मन्त्री हुनु भएको छ । यसअघि गत हप्ता मात्रै लङगुले राष्ट्रिय विकास योजना मन्त्री लक्की मुलुसालाई बर्खास्त गर्नु भएको थियो भने तत्कालीन सूचना तथा प्रसारण मन्त्री चिसीम्बा काम्वीली पनि सन् २०१६ को नोभेम्बरमा निकालिनु भएको थियो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?