तराईमा शीतलहरले २३ को मृत्यु


काठमाडौैंः शीतलरहले अहिलेसम्म सप्तरीमा १४ जनाको मृत्यु भइसकेको छ भने आइतबार मात्रै कञ्चनरुप नगरपालिका ७ का ६१ वर्षीय उत्तम मरिक डोम र बरमझियाका ५५ वर्षीय बेचन शेखको मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार कञ्चनपुर नगरपालिका–४ का ललित चौधरीका सात महिने छोरा गणेश, खड्ग नगरपालिका–८ का ६० वर्षीय लखन ठाकुर र तिलाठी कोइलाडी गाउँपालिका ७ का ३५ वर्षीय शिव मण्डलको जाडोको कारण मृत्यु भएको थियो । प्रहरीका अनुसार महा महदेवा गाउँपालिका २ का ५८ वर्षीय सुकदेव यादवको गत शुक्रबार बिहान कठ्याग्रिएर मृत्यु भएको थियो । शुक्रबारै तिलाठी कोइलाडी गाउँपालिका २ का ५५ वर्षीय सुजन ठाकुरको कठ्याग्रिएर घरमै मृत्यु भएको थियो । त्यसअघि बिहीबार राजविराज नगरपालिका १० का ६५ वर्षीया नाजो बेगमको जाडोबाटै मृत्यु भएको वडाअध्यक्ष अरुण यादवले बताए । यस्तै, छिद्धन्नमस्ता गाउँपालिका १ वीरपुरका ३५ वर्षीय कुलदीप राय र ७२ वर्षीया रजियादेवी रायको मृत्यु भएको छ । सप्तरीका प्रहरी नायव उपरीक्षक धु्रव भट्टराईले पोस्टमार्टम गराउन नसक्दा सबै मृतकको रेकर्ड राख्न नसकेको बताए । शीतलहरबाट मृत्यु भएको अवस्थामा अस्पताल लगेर पोस्टमार्टम गराए मात्रै सरकारी रेकर्डमा उल्लेख हुने नियम रहेको प्राप्त समाचारमा जनाइएको छ । त्यस्तै रौतहटमा पनि मृत्यु हुनेको संख्या पाँच पुगेको प्राप्त समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?