राष्ट्रिय कबड्डी प्रतियोगिता बर्दियाको भुरीगाउँमा शुरु


बर्दिया: राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिप २०७४ अन्तर्गत राष्ट्रिय कबड्डी प्रतियोगिता आजबाट बर्दियाको भुरीगाउँमा शुरु भएको छ ।  अखिल नेपाल कबड्डी संघद्वारा आज भुरीगाउँमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सो जानकारी गराइएको हो । बर्दियामा पहिलो पटक शुरु भएको प्रतियोगिता पुस २७ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।  प्रतियोगितामा पुरुष र महिलाका आठ आठ वटा समूहका गरी १९२ जना खेलाडी र १६ जना प्रशिक्षक सहभागी हुने छन् ।
२२ औँ पुरुष तथा १७ औँ महिला राष्ट्रिय कबड्डी प्रतियोगितामा पाँच विकास क्षेत्रका महिला र पुरुष गरी दस वटा समूह तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका छ वटा समूह सहभागी हुने छन् ।
प्रतियोगिताबाट आगामी अगष्टमा इण्डोनेसियामा हुने एसियन खेलका लागि खेलाडी छनोटसमेत गरिने अखिल नेपाल कबड्डी संघका महासचिव विनोद प्रजापतिले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?